आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि तीनदिने तालिम सिमरामा सुरु
सिमरा । आदिवासी जनजाति समुदायका सञ्चारकर्मीहरूको पेशागत दक्षता, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने तालिम शुक्रबारदेखि बाराको सिमरामा सुरु भएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गतको आमसञ्चार प्राधिकरण, जनकपुरधामको आयोजनामा तथा आदिवासी जनजाति पत्रकार महासङ्घ, मधेश प्रदेशको समन्वयमा सिमरास्थित होटल क्लासिकमा तालिम सञ्चालन गरिएको हो । तालिममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका आदिवासी जनजाति समुदायका सञ्चारकर्मीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागीलाई समाचार लेखन, [थप पढ्नुहोस...]



























































