स्रोत नखुलेको १३ लाख रुपैयाँसहित युवक पक्राउ

398
SHARES
524
VIEWS

बारा । स्रोत नखुलेको नगद १३ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छ । प्रहरीले उनलाई हुण्डी कारोबारको आशंकामा नियन्त्रणमा लिएको हो ।

बिशेष सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित एयरपोर्ट रोडमा चेकजाँच गर्ने क्रममा वीरगन्ज महानगरपालिका–१६ बस्ने २० वर्षीय सुरज कुश्वाहालाई पक्राउ गरेको हो । जेठ २९ गते साँझ ४ बजेतिर कालो झोला बोकी शंकास्पद रूपमा हिँडिरहेका कुश्वाहालाई रोकेर झोलासहित खानतलासी गर्दा ठूलो रकम फेला परेको ईलाका  प्रहरी कार्यालय सिमराका प्रमुख नायव उपरीक्षक भेदप्रकाश जोशीले जनाए ।

प्रहरी नायक उपरीक्षक जोशीका अनुसार झोलाबाट नेपाली रुपैयाँ १३ लाख ७ हजार ५ सय नगद र विभिन्न बिल–भौचरलगायतका कागजात बरामद गरिएको छ । रकमको स्रोत खुल्न नसकेपछि उनलाई हुण्डी कारोबारसम्बन्धी आशंकामा पक्राउ गरिएको हो ।

‘रकमको स्रोत नखुलेपछि प्रारम्भिक रूपमा हुण्डी कारोबारको संलग्नतामा अनुसन्धान भइरहेको छ,’ प्रहरीको भनाइ छ ।

प्रहरीले उनीमाथि हुण्डी कारोबारसम्बन्धी शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको जनाएको छ । पछिल्लो समय सीमावर्ती क्षेत्रमा हुण्डी कारोबार सक्रिय बन्दै गएकाले निगरानी कडा बनाइएको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित