निजगढ–९ मा अस्थायी बसोबास गर्ने र घरधनीको विवरण दर्ता गर्न वडा कार्यालयको सूचना

385
SHARES
506
VIEWS

निजगढ । बाराको निजगढ नगरपालिका–९ नम्बर वडा कार्यालयले वडाभित्र अस्थायी रूपमा बसोबास गर्दै आएका व्यक्ति तथा घरधनीको विवरण दर्ता गर्न आग्रह गरेको छ ।

वडा कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनामार्फत व्यापार, व्यवसाय, अध्ययन, रोजगारी, सेवा, संघ/संस्था, वित्तीय संस्था तथा अन्य प्रयोजनका लागि विभिन्न स्थानबाट आएर वडाभित्र अस्थायी रूपमा बसोबास गर्दै आएका व्यक्तिको विवरण दर्ता गराउन आग्रह गरेको हो ।

विशेषगरी कोठा, घर, फ्ल्याट वा अन्य आवास भाडामा लिएर बसोबास गर्ने व्यक्ति तथा उनीहरूलाई घर, कोठा वा फ्ल्याट भाडामा उपलब्ध गराउने घरधनीले वडा कार्यालयमा आफ्नो विवरण दर्ता तथा अभिलेखीकरण गराउनुपर्ने सूचनामा उल्लेख छ ।

वडा कार्यालयका अनुसार अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको यथार्थ तथा अद्यावधिक तथ्यांक संकलन गर्दा शान्ति सुरक्षा, विपद् व्यवस्थापन, आपत्कालीन उद्धार तथा आवश्यक सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी र व्यवस्थित बनाउन सहज हुनेछ ।

सूचनामा घरधनीले भाडामा बस्ने व्यक्तिको नाम, स्थायी ठेगाना, परिचयपत्रको विवरण, सम्पर्क नम्बर तथा बसोबासको प्रयोजनसहितको विवरण वडा कार्यालयमा उपलब्ध गराउनुपर्ने उल्लेख छ । नयाँ व्यक्ति भाडामा आएमा वा भाडामा बस्ने व्यक्ति अन्यत्र गएमा त्यसको जानकारीसमेत सम्बन्धित वडा कार्यालयलाई गराई विवरण अद्यावधिक गर्न भनिएको छ ।
यस्तै, घर बहाल तथा जग्गा बहाल सम्झौतासम्बन्धी विषयमा सम्बन्धित पक्षको उपस्थितिमा वडा अध्यक्ष तथा वडा सदस्यको रोहबरमा प्रचलित कानुनबमोजिम प्रक्रिया पूरा गर्नुपर्ने सूचनामा जनाइएको छ ।
वडा कार्यालयले विवरण दर्ता तथा अद्यावधिक गर्ने क्रममा आवश्यक परिचय खुल्ने कागजात तथा अन्य आवश्यक विवरण उपलब्ध गराउनसमेत आग्रह गरेको छ ।
वडा अध्यक्ष रामचन्द्र कटुवाल क्षेत्रीद्वारा जारी सूचनामा वडाभित्र अस्थायी रूपमा बसोबास गर्ने सबै व्यक्ति तथा घरधनीलाई समयमै विवरण दर्ता गराई सहयोग गर्न अनुरोध समेत  गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित