चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा बनाउने निजगढको निर्णय

392
SHARES
516
VIEWS

निजगढ । चाडपर्वका बेला शान्तिसुरक्षा कायम गर्न निजगढ नगरपालिकाले प्रहरी गस्तीलाई नियमित समयबाहेक अतिरिक्त समयमा समेत परिचालन गर्ने निर्णय गरेको छ ।
निजगढ नगरपालिका कार्यालयमा नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा बिहीबार आयोजित सरोकारवालाबीचको छलफलले चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकले नगरका सार्वजनिक स्थानमा जडान गरिएका बिग्रिएका सीसीटीभी क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याउने तथा सडक अवरुद्ध हुने गरी विभिन्न स्थानमा राखिएका निर्माण सामग्रीलगायत वस्तु हटाउने निर्णयसमेत गरेको छ। यस्ता उपायले सार्वजनिक सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन र सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, धार्मिक उद्देश्यले आयोजना गरिने कार्यक्रमलाई व्यवस्थित बनाउन सम्बन्धित आयोजकले स्वयंसेवक परिचालन गर्नुपर्ने निर्णय गरिएको छ । लागूऔषध नियन्त्रणका लागि सबै पक्षले प्रतिबद्धता जनाउँदै त्यसको कार्यान्वयनमा सहयोग गर्ने तथा अनावश्यक ध्वनि प्रदूषण न्यूनीकरण गर्ने विषयमा पनि बैठकले जोड दिएको छ । छलफलमा नगर उपप्रमुख सोममाया थिङ, वडा अध्यक्षहरू मंगले लोप्चन, रामचन्द्र कटुवाल र ज्ञानबहादुर गोलेलगायत कार्यपालिका सदस्य, निजगढस्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

बैठकले चाडपर्वका बेला हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरी प्रशासन, स्थानीय तह र समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित