किन हुन्छ बालबालिकामा पिसाब चुहिने समस्या ?

405
SHARES
533
VIEWS

सुतिरहेको समयमा शिशुले जुनसुकै समयमा पनि पिसाब गर्न सक्छन् । कारण,  उनीहरुमा पिसाब नियन्त्रण गर्ने शक्ति हुँदैन । पिसाबले भिजेपछि उनीहरु रुने, कराउने गरेपछि मात्र पिसाब गरेको आमाबाबुलाई थाहा हुन्छ ।

चार वर्ष पुगेपछि भने सामान्यतया उनीहरु पिसाब नियन्त्रण गर्न सक्ने भइसक्छन् । तर चारदेखि पाँच प्रतिशत बालबालिकामा भने पिसाब नियन्त्रण गर्ने उमेर भइसक्दा पनि पिसाब चुहिने समस्या भइराख्छ । यो समस्या सामान्य मान्न सकिंदैन ।

यो कस्तो समस्या हो ?

उमेर पुगेपछि पनि पिसाबमा स्वनियन्त्रण नहुनुलाई चिकित्सकीय भाषामा ‘पिसाबको अस्थिरता वा इनुरेसिस’ भनिन्छ । प्राय: राति ओछ्यानमा सुत्दा पिसाब गर्ने हुँदा यसलाई बेड वेट पनि भनिन्छ । यसलाई दुई भागमा विभाजन गरिन्छ, प्राइमरी बेड वेटिङ र सेकेन्डरी बेड वेटिङ ।

यदि ६ महिना वा सोभन्दा बढी समय लगातार ओछयानमा पिसाब फेर्छन् भने त्यसलाई प्राइमरी बेड वेटिङ भनिन्छ । पिसाब चुहिने समस्या ६ महिनापछि पुन: बल्झियो भने त्यसलाई सेकेन्डरी बेड वेटिङ भनिन्छ ।

कारण

वंशाणुगत : यदि बाबुमा बाल्यकालमा यस्तो समस्या थियो भने बच्चामा पनि यो समस्या हुनसक्छ ।

सानो थैली : यदि बच्चाको पिसाबको थैली राम्रोसँग विकास नहुँदा पिसाबलाई राति नियन्त्रण गर्न कठिन हुन्छ ।

थैली सुस्त हुनु : पिसाब थैली नियन्त्रण गर्ने स्नायुप्रणालीले सुस्त काम गरिरहेको छ भने थैली भरिन्छ । तर बच्चा ब्युझिंदैनन् वा पिसाब आएको चाल पाउँदैनन् ।

हार्मोन असन्तुलन : केही बालबालिकामा एन्टिडियुरेटिक (एडीच) हार्मोन उत्पादन हुँदैन । जसले गर्दा पिसाब नियन्त्रण हुँदैन ।

त्यस्तै पिसाब नियन्त्रण गर्ने भासोपेरेसन हार्मोनको स्तर कुनै कारणवश घटेको छ भने पिसाब आइरहने हुन्छ ।

युरिन ट्रयाक इन्फेक्सन (यटीआई ) : पिसाबमा संक्रमण अर्थात् युरिन ट्रयाक इन्फेक्सनले पनि बच्चामा पिसाब नियन्त्रण गर्ने क्षमता कम हुन्छ । सुतेको समयमा ओछयान भिज्नुका साथै पिसाब रातो र गुलाबी हुनु र पिसाब गर्दा पोल्नु जस्ता समस्या पिसाबमा संक्रमणको लक्षण हुन् ।

मधुमेह : रातमा ओछ्यानमा पिसाब फेर्नु मधुमेह भएको पहिलो संकेतको रुपमा देखिन्छ । यस्तोमा एकपटकमै औसतभन्दा बढी पिसाब हुनसक्छ ।

कब्जियत : कब्जियतको समस्याले सताइराख्ने बालबालिकाको आन्द्राले राम्रोसँग काम गर्न सक्दैन । कब्जियत लामो समयसम्म रहयो भने दिसा र पिसाब गराउने मांसपेशी कमजोर हुन्छ । यस्तोमा पनि पिसाब नियन्त्रण हुन कठिन हुन्छ ।

ढाडको नसामा समस्या : ढाडको नसामा समस्या भएमा पनि पिसाब नियन्त्रण हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित