निजगढ बारा । नेपाल प्रगतिशील प्राध्यापक संगठन, मधेश प्रदेशको तेस्रो अधिवेशनबाट शान्तबहादुर दाहाल “सागर” अध्यक्षमा चयन भएका छन् ।
शुक्रबार बाराको निजगढ नगरपालिका–९ स्थित होटल राजमार्ग सहिदचोकमा सम्पन्न अधिवेशनले दाहालको नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।
“शिक्षक अधिकार र सामाजिक उत्तरदायित्व, आधुनिक शिक्षामा प्रभावकारी योगदान” भन्ने नारासहित भएको अधिवेशनमा विभिन्न जिल्ला, नगर र गाउँस्तरका प्रतिनिधिहरूको सहभागिता थियो । अधिवेशनले संघीय संरचनामा प्राध्यापकहरूको भूमिका प्रभावकारी बनाउन नीति तथा कार्यक्रम तयार गर्ने निर्णय गरेको छ ।
निर्वाचित पदाधिकारीमा उपाध्यक्ष मानसकुमार अधिकारी र हरिप्रसाद खनाल सर्वसम्मत निर्वाचित ब्जएका छन । त्यस्तै सचिवमा विनोद यादव कोषाध्यक्ष रामहृदय मण्डल र सहसचिव दिनेशकुमार यादव रहेका छन् ।
त्यसैगरी सदस्यहएउमा लक्ष्मी खरेल, शम्भु पोखरेल, गोबिन्द दिक्षित, श्यामकुमार महत्तो, ईश्वरदेव ठाकुर, महेश चौधरी, सञ्जयभक्त श्रेष्ठ, देवनारायण मण्डल र सुमित अधिकारीलाई कार्यसमितिको जिम्मेवारीमा सर्वसम्मत चयन गरेका छन् । भने अन्य ६ जना कार्यसमिति मनोनीतबाट चयम गरिने छ । जसबाट २१ कार्यसमितिको संगठन बन्ने छ ।
अधिवेशन किशोर कुमरको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि पुर्व पशुपंछी तथा कृषी मन्त्री एवम नेकपा एमाले बारा जिल्ला इन्चार्ज ज्वालाकुमारी साहले पानसमा दिपप्रज्वालन गरि उदघाटन गरेका थिए ।
कार्यक्रममा निजगढ नगरकी उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिकाकी पुर्व उपप्रमुख लिलादेवी लामिछाने खनाल, एमाले केन्द्रीय कमिटी सदस्य, शिक्षा तथा मानवश्रोत विभाग प्रमुख पार्वति रावत, नेपाल प्रगतिशिल प्राध्यापक संगठनको अध्याक्ष डा. पद्मप्रसाद खतिवडा, होमबहादुर बस्नेत, सुमन खरेल, गौरीशंकर क्याम्पसका अध्यक्ष एकबहादुर श्रेष्ठ, गौरीशंकर क्याम्पसका पूर्व क्याम्पस प्रमुख रामप्रसाद गौतम, निजगढ खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष सुदर्शन प्रसाद कोइराला, नेकपा एमाले निजगढ नगर अध्यक्ष तिलक घलानलगायतको सहभागी जनाउदै मन्तव्य राखेका थिए ।
अधिवेशनमा सहभागी बक्तहरूले शिक्षा सुधार, गुणस्तरीय शिक्षाको प्रवर्द्धन र प्राध्यापकहरूको पेशागत हकहितमा संगठन सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।























Discussion about this post