बारा । गणतन्त्र दिवसको अवसरमा नेकपा (एमाले) निजगढ नगर कमिटीले बिहिबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।
नगर कमिटी कार्यालयअगाडि आयोजित कार्यक्रममा नेता, कार्यकर्ता र सर्वसाधारणको उपस्थिति थियो ।
कार्यक्रममा नगर अध्यक्ष तिलक घलानले गणतन्त्र व्यवस्था जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त भएको भन्दै त्यसलाई संस्थागत गर्न सबै दल र नागरिक एकजुट हुनुपर्ने बताए । “२ सय ४० वर्षे राजतन्त्रको अन्त्य गरेर ल्याइएको गणतन्त्र उल्ट्याउने प्रयास भइरहेका छन्,” उनले भने, “तर जनताको त्याग र बलिदानीले ल्याएको व्यवस्था सजिलै उल्टिन सक्दैन।”
कार्यक्रममा प्रदेश कमिटी सदस्य अंबिका चौलागाईं, सुदर्शन कोइराला, दुर्गा कोइराला, अञ्जु नेपाली, जिल्ला सदस्य तथा निजगढ नगरप्रमुख सुरथ पुरी सहभागी थिए ।
कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव थानेश्वर सापकोटा (अविरल)ले गरेका थिए।




















Discussion about this post