५औँ चकरी कपको उपाधिका लागि हिमशिखर र सिद्धबाबा भिड्ने

395
SHARES
520
VIEWS

बारा ।  ५औँ चकरी कप–२०८३ फुटबल प्रतियोगिताको उपाधिका लागि हिमशिखर युवा क्लब र सिद्धबाबा युवा क्लब, अमलेखगञ्ज आमनेसामने हुने भएका छन् । मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा लाल निजगढलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै हिमशिखर युवा क्लब फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
त्यस्तै, प्रतियोगिताको दोस्रो सेमिफाइनलमा सिद्धबाबा अमलेखगञ्जले रतनपुर एफसीलाई १-० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

फाइनल प्रवेशसँगै अब प्रतियोगिताको उपाधिका लागि हिमशिखर र सिद्धबाबाबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीले सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधिको दाबेदारी प्रस्तुत गरेका छन् ।

सेमिफाइनल खेलअन्तर्गत हिमशिखर र लाल निजगढबीचको खेलमा हिमशिखरका खेलाडी निरज थिङ म्यान अफ द म्याच घोषित भए । उनलाई नमोबुद्ध सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष छिरिङ शेर्पाले ट्रफी हस्तान्तरण गर्दै सम्मान गरेका थिए । त्यस्तै, सिद्धबाबा अमलेखगञ्ज र रतनपुर एफसीबीचको खेलमा सिद्धबाबाका सविन तामाङ म्यान अफ द म्याच घोषित भए । घोषित तामाङलाई प्रहरी सहायक निरीक्षकले ट्रफी हस्तान्तरण गरेका थिए । प्रतियोगितामा विभिन्न स्थानका १६ वटा टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । सार्वजनिक गरिएको खेलतालिकाअनुसार प्रतियोगिताका प्रारम्भिक खेलहरू कात्तिक १२ गतेदेखि सुरु भएका थियो । बडादसैँ तथा शुभदीपावलीको अवसरमा आयोजना गरिएको प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको प्रवर्द्धनसँगै खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित