बगडमपुरमा एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम, ७० महिला सहभागी

387
SHARES
509
VIEWS

बारा दिपेन्द्र जयसवाल । बारा जिल्लाको महागढीमाई नगरपालिका–५, बगडमपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम संस्थाका गंजभवानीपुर शाखा प्रमुख हेमनारायण साहको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय कार्यालयका प्रतिनिधि बिमल चौधरी र प्रदेश प्रमुख अरविन्द कुमार कुशवाहाले प्रशिक्षण दिएका थिए ।

संस्थाका अनुगमन अधिकृत अहमद मन्सुर, अमित कुमार गुप्ता, साथै कर्मचारीहरू अरबिन्द कुमार ठाकुर, पचन साह, अशोक चौधरी, धर्मेन्द्र साहलगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा ७० जना महिलाको उल्लेखनीय सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

साक्षरता र सशक्तिकरणको जोड

प्रशिक्षणमा सहभागी महिलाहरूलाई आर्थिक योजना, ऋण व्यवस्थापन, बचतको महत्व, तथा वित्तीय सुरक्षाका आधारभूत पक्षहरूबारे जानकारी दिइएको थियो ।

प्रदेश प्रमुख कुशवाहाले भने, “वित्तीय साक्षरता बिना ऋणले फाइदा होइन, बोझ दिन्छ। त्यसैले हाम्रो उद्देश्य आम महिलामा दीर्घकालीन वित्तीय चेतना विकास गर्नु हो ।”

महिला सहभागिता र प्रभाव

कार्यक्रममा सहभागी महिलाहरूले पहिलोपटक यस्ता कार्यक्रममा सहभागी हुन पाएको अनुभव सुनाएका थिए । “अब ऋण लिँदा बुझेर लिन्छु जस्तो लाग्यो,” एक सहभागीले भनिन् ।

स्थानिय समुदायमा वित्तीय साक्षरताको अभाव रहेको सन्दर्भमा यस्ता कार्यक्रम गाउँस्तरीय आत्मनिर्भरता र सशक्तिकरणमा सहयोगी हुने विश्लेषकहरू बताउँछन् । तर उनीहरूले यस्ता प्रयासलाई एकदिने औपचारिकता नभई निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित