बारा, निजगढ । आत्महत्या सम्बन्धी समाचार तथा सामग्री प्रकाशन–प्रसारण गर्दा सञ्चारकर्मीहरूले विशेष संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिइएको छ ।
निजगढस्थित तारा इन होटलमा आयोजित ‘आत्महत्या रोकथाम तथा यसको मार्गदर्शन २०८०’ विषयक छलफलमा वक्ताहरूले डिजिटल सञ्चार माध्यमको विस्तारसँगै यस्ता समाचार प्रस्तुत गर्दा जिम्मेवारी बढेको बताएका हुन् ।
कार्यक्रम United Mission to Nepal को सहयोग र संरक्षण नेपाल ले सञ्चालन गरेको एकीकृत समुदाय स्वास्थ्य परियोजना अन्तर्गत आयोजना गरिएको हो ।
कार्यक्रममा प्रोजेक्ट म्यानेजर इश्वर केसीले आत्महत्या सम्बन्धी समाचार प्रकाशन गर्दा घटना भएको स्थान वा तरिका देखिने सामग्री प्रयोग नगर्न, सामाजिक सञ्जालमा प्रचार नगर्न र मृतकको फोटो प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरे ।
मनोपरामर्शकर्ता उमा दाहालले सनसनीपूर्ण समाचारले जोखिममा रहेका व्यक्तिमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले जिम्मेवार पत्रकारिता आवश्यक रहेको बताइन् ।






















Discussion about this post