दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता वडा नं. ७ र वडा नं. १३ सेमिफाइनलमा प्रवेश

431
SHARES
567
VIEWS

निजगढ । दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न पहिलो चरणका खेलबाट वडा नं. ७ र वडा नं. १३ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा वडा नं. ७ ले वडा नं. ४ लाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो । खेलको दोस्रो हाफको छैटौँ मिनेटमा जर्सी नम्बर ९ का शिभम् सञ्जेलले गरेको निर्णायक गोल नै जितको आधार बन्यो । उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक गोल गरेका सञ्जेल ‘म्यान अफ दि म्याच’ घोषित भए । उनलाई स्वर्गीय विकल रेग्मीकी आमा कमला रेग्मीले ट्रफी प्रदान गरिन् ।

त्यसैगरी दोस्रो खेलमा वडा नं. ११ र वडा नं. १३बीच निकै प्रतिस्पर्धात्मक भिडन्त भएको थियो । खेलका क्रममा विपक्षी टोलीका खेलाडीले डिबक्सभित्र ह्यान्ड गरेपछि वडा नं. १३ ले पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरलाई टोलीका कप्तान जर्सी नम्बर ६ का समिर गोङ्गवाले सदुपयोग गर्दै निर्णायक गोल गरे  । सोही गोलका आधारमा वडा नं. १३ ले १–० को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्‍यो ।

उत्कृष्ट खेल प्रदर्शन गरेका गोङ्गवा पनि ‘म्यान अफ दि म्याच’ घोषित भए । उनलाई स्वर्गीय विकल रेग्मीकी कमला रेग्मी तथा निजगढ नगर खेलकुद विकास समितिका सदस्य एवं प्रशिक्षक धनबहादुर लामाले संयुक्त रूपमा ट्रफी प्रदान गरे ।

मंगलबारका खेलमा मुख्य रेफ्री लिलाम्बर चौधरी र नीलकमल चौधरी रहेका थिए भने सहायक रेफ्रीमा राजु चौधरी, फोर्थ अफिसियलमा रियाजुल स्लाम रहेका थिए ।
प्रतियोगिताअन्तर्गत बुधबार हुने क्वार्टरफाइनल खेलमा पहिलो खेल दिउँसो २ बजे वडा नं. ३ र वडा नं. ९बीच हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे वडा नं. १ र वडा नं. १०बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएकोछ ।

वडा नं. १३ ले वडा नं. १ र वडा नं. १०बीचको खेलको नतिजा पर्खिनुपर्नेछ । उक्त खेलको विजेता टोलीसँग वडा नं. १३ सेमिफाइनलमा भिड्नेछ । त्यस्तै वडा नं. ७ भने वडा नं. ३ र वडा नं. ९बीचको विजेतासँग सेमिफाइनलमा आमनेसामने हुनेछ ।
प्रतियोगिताले स्थानीय स्तरमा युवा खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै खेलप्रति उत्साह थप्ने विश्वास आयोजक निजगढ नगरपालिकाले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित