सरकारमा सहभागी हुन नेता भट्टराईमाथि कार्यकर्ताको दबाब

466
SHARES
613
VIEWS

बारा । मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता युवराज भट्टराई (समिर) लाई सरकारमा सहभागी हुन पार्टीभित्रका नेता तथा कार्यकर्ताहरु ले तीव्र दबाब दिईरहेका छन् ।

अघिल्लो सरकारमा पर्यटन मन्त्रीका रूपमा भट्टराईले करिब ५४ दिन मात्रै कार्यभार सम्हालेका थिए । नेता भट्टराई ५४ दिनको अवधिमा एक आर्थिक वर्षको बजेट तयार पारेका थिए । सो बजेट सर्वस्वीकार्य र रणनीतिक रूपमा सन्तुलित रहेको भन्दै त्यसबेला उनी मधेसको राजनीतिक वृत्तमा चर्चामा आएका थिए ।

पार्टीको आन्तरिक निर्णयका कारण छोटो अवधिमै सरकारबाट बाहिरिनु परे पनि भट्टराईको कार्यशैली र पारदर्शिताको प्रशंसा गरिएको थियो। “५४ दिनमै जनतामुखी काम गरेर उदाहरण प्रस्तुत गरे, अब ती काम निरन्तरता दिनु आवश्यक छ,” माओवादी निकट एक कार्यकर्ताले भने ।

मधेसमा पार्टीको सुदृढीकरण र जनविश्वास कायम गर्न भट्टराईको भूमिका महत्वपूर्ण हुने ठहर गर्दै कार्यकर्ता र स्थानीय नेताहरूले उनलाई सरकारमा पुनः सहभागी गराउन नेतृत्वमा दबाब बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित