सगरमाथा साकोसद्वारा रजत वर्षको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न

391
SHARES
514
VIEWS

निजगढ । निजगढ नगरपालिका–७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा (रजत वर्ष) को अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

‘सामुदायिक सेवा अभियान’ अन्तर्गत आइतबार आयोजित उक्त कार्यक्रम निजगढ–९ शहीदचोक क्षेत्रमा सम्पन्न भएको हो । कार्यक्रममा १२ महिलासहित ६३ जनाले रक्तदान गरेको छ । कार्यक्रममा स्थानीय युवा, समाजसेवी, विद्यालयका शिक्षाक शिक्षिका सहकारी सदस्य र सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरेका थिए ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र, वीरगंज–पर्साले प्राविधिक सहयोग प्रदान गरेको थियो । रक्तसञ्चार केन्द्रका प्राविधिक टोलीले रक्तदाताहरुलाई रक्तदानपछिको स्वास्थ्य सल्लाह र जानकारीसमेत दिएका थिए ।

सगरमाथा साकोसका अध्यक्ष भोलाप्रसाद गौतमका अनुसार सहकारीले रजत वर्षको अवसरमा हाजिरीजवाफ, वक्तृत्वकला, चित्रकला, आँखा परीक्षण तथा रक्तदान कार्यक्रम जस्ता विविध सामाजिक गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

गौतमले सहकारीले समाजप्रति उत्तरदायी संस्थाको रूपमा समुदाय केन्द्रित सेवालाई निरन्तरता दिँदै आएको बताए । सहकारीको २५औं वार्षिक साधारण सभा सोमबार (कार्तिक २४ गते) बिहान ११ बजे निजगढ बैंकेट प्रा.लि.मा हुने जानकारी समेत गराइएको छ ।

सगरमाथा साकोस २०५७ साल कार्तिक २४ गते स्थानीय शिक्षकहरूको नेतृत्वमा स्थापना भएको हो । स्थापना यता सहकारीले शिक्षा, स्वास्थ्य, स्वावलम्बन र सामाजिक सचेतना अभिवृद्धिका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ । त्यस्तैगरी संस्थाले रजत वर्षकै अवसरमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ४ सय ५८ जनाको आँखा परीक्षण तथा औषधि वितरण गरिएको छ । शनिबार बिहान ८ बजेबाट विद्यासागर इङ्लिश बोर्डिङ स्कूल, निजगढ– ७ मा सुरु भएको शिविरमा हिमाल आँखा अस्पताल, विराटनगर र कोशी आँखा अस्पताल, सुनसरीले प्राविधिक सहयोग गरेका थिए । शिविरमा परीक्षण गराएका मध्ये ९० जनामा मोतिविन्दुको समस्या पाइएको डा. प्रमोद शर्मा गौतमले जानकारी दिए । स्थानीय बासिन्दा, वृद्धवृद्धा, विद्यार्थी र बालबालिकासहितले शिविरमा आँखा जाँच गराएका थिए । अस्पतालको प्राविधिक टोलीले आँखा स्वास्थ्यसम्बन्धी सल्लाह र सचेतनामूलक सन्देश पनि दिएको थियो । शिविरमा गौरीशंकर माध्यमिक विद्यालयका स्काउट विद्यार्थीहरूले स्वयंसेवकको रुपमा खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित