सविता न्यौपाने, काभ्रे । साधारण जिवन शैली, उच्च विचारका धनी, सबैसंग समान व्यवहार गर्न सक्ने क्षमता अनि सकारात्मक सोचका साथ अघि बढ्नु पर्छ भन्ने मान्यता राख्ने १८ वर्षिय प्रोशेष पाण्डे, पिता प्रकाश चन्द्र पाण्डे (विकास) र माता शुभद्रा पाण्डेको कोखबाट २०६३ सालको असार महीनामा जन्मिएका हुन् । पुख्यौली घर धाडिङ भए पनि काठमाडौमा जन्मि हुर्किए । किर्तिपुर स्थित ल्याब्रोटरीमा बिद्यालय स्तरको पढाई सकाएर हाल सामाखुशी स्थित तक्षशिला एकेडेमीमा १२ पढ्दै छन् । सानै उमेर देखि गित गाउन मन पराउने पाण्डे बहु प्रतिभाका धनि हुन भन्दा फरक नपर्ला । तर गायनमा उनको विशेष रुचि रहेको बताउँछन् । आफू सानो हुँदा अहिलेको जस्तो टेलिभिजन, रेडियो धेरै नहुने र भए पनि कसरी कुन माध्यमबाट आफू त्यहाँ सम्म पुग्न सकिन्छ भन्ने ज्ञान नभएको प्रति गुनासो गर्छन् । कतै रेडियो, टेलिभिजनमै मानिसहरु हुन्छन् र त्यहीबाट गाउने हो कि भन्ने पनि सोच्ने गर्थे, आफ्नो बच्चा बुद्धि न हो, पछि थाहा पाएपछि माध्यमहरु धेरै हुने रहेछन् भन्ने थाजा पाएको बताउँछन् । त्यसो त जहाँ इच्छा त्यहाँ उपाय हुन्छ भन्ने कुरालाई नकार्न सकिन्न । रेडियो नेपालका विभिन्न कार्यक्रममा पनि आफूले भाग लिएको र उत्कृष्ट नै भएको बताउँछन् । आफुलाई कर्म दिने बाबा भन्न रुचाउँछन् रमेश सुवेदी लाई । उहाँको मार्गदर्शनले नै आज यहाँ सम्म आइपुगेकोमा आफूलाई गर्व महसुस गरेको बताउँछन् । बिद्यालयमा पनि विभिन्न कार्यक्रम हुँदा आफूले भाग लिने र गाउने गरेको साथै सा. रे. ग. म. प. मा पनि आफूले भाग लिएको स्मरण गर्छन् । सबै मान्यजनबाट उहाँको तारिफ आउँदा आफूलाई थप उर्जा मिलेको जानकारी दिन्छन् । हुन त परिवारमा कोही पनि सांगितिक क्षेत्रमा नलागेको, आफू मात्र यो क्षेत्रमा लागेको बताउँछन्, तर पारिवारिक सदभाव र सहयोग सदैव पाइरहेकोमा आफूलाई खुशी लागेको बताउँछन् । त्यसमा पनि ठूलोबाबा दिपक केसीको प्रेरणाले गर्दा आफू भ्वाइस अफ नेपालको सिजन ६ मा आफू आउन सफल भएको कुरालाई नकार्न सकिदैन । भ्वाइस अफ नेपालको सिजन १ दखि नै आफूले हेर्ने गरेको बताउँछन् । उनले भने ओहो मेरो सपनाको संसार त यही पो रहेछ भनेर मन मनै सोच्ने गरेको र जसरी पनि अब भाग लिने अठोट गरेको स्मरण गर्छन् । सिजन ६ सम्म आइपुग्दा आफूले अब भाग लिने नै अड्डी कसेको बताउँछन् ।
तर उनलाई यहाँ सम्म आउन सहज थिएन । किनकी उनी अरु मानिस जस्तो सामान्य थिएनन्, उनी जन्मिदै ब्लाइन्ड हुन् । हरेक परिस्थिति संग जुध्न सक्ने क्षमता जो कोहीसंग हुँदैन । भाग्य भन्दा धेरै र समय भन्दा बढी कसैले पनि केही नपाउने पनि उनी मान्यता राख्छन् ।
५५ हजार जनाले डिजिटल अडिसन दिएको र त्यसमा ब्लाइन्ड अडिसनको लागि आफूलाई फोन आउँदाको क्षण सम्झिदा भावुक भएको बताउनु हुन्छ । “मेहनत र धैर्य गर्नु पर्छ । जित सदैव आफ्नै हातमा हुने कुरामा विश्वास गर्छु ” उहाँ भन्नु हुन्छ ।
रियालिटी सो चल्दै गर्दा गित गाउने अवसर पनि विभिन्न ठाउँबाट आइरहेकोमा आफू हर्षित भएको बताउँछन् । दर्शक श्रोताको अपार माया र भोटले भ्वाइस अफ नेपालको सिजन ६ को विजेता आफूलाई चुन्नेमा विश्वस्त रहेको बताउँछन् ।




















Discussion about this post