नेत्रोदय मावि आसपासमा डीप ट्युबवेल सिचाइ सुरु, किसानको अनुहारमा चम्कियो आशा

461
SHARES
606
VIEWS

निजगढ, बारा । सिचाइको अभावमा वर्षौंदेखि वर्षा तथा आकाशे पानीको भरमा खेती गर्दै आएका निजगढ नगरपालिका–७ स्थित नेत्रोदय माध्यमिक विद्यालय वरपरका किसानहरू अब ढुक्क भएर खेती गर्न पाउने भएका छन् । संघीय ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय अन्तर्गत २०७९ सालमै विनियोजन गरिएको बजेटअनुसार निर्माण सम्पन्न भई आजदेखि सिचाइ सुविधा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

उक्त क्षेत्र कुलोको पहुँचबाहिर परेकाले यहाँका किसानहरूले वर्षामा आकाशे पानीको भर पर्ने पारम्परिक खेती गर्दै आएका थिए । सिचाइको समस्या समाधानका लागि स्थानीयवासीको मागपछि योजना अगाडि बढाइएको थियो ।

सिचाइ योजना समावेश गराउन नेकपा (माओवादी केन्द्र) की पार्टी उपाध्यक्ष तथा पूर्व सिचाइ मन्त्री पम्फा भुसालको विशेष पहल रहेको जनाइएको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश कमिटी सदस्य रबिराज दंगालको सक्रियतामा योजना अघि बढ्न सहयोग पुगेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

योजनाको निर्माण कार्य मोहन डिसीको नेतृत्वमा रहेको निर्माण समितिले सम्पन्न गरेको हो । उनले स्थानीय जनश्रमदान र सहकार्यका कारण काम समयमा सम्पन्न भएको बताए ।

“आकाशे पानीको भरमा मात्र खेती गर्ने बाध्यता अब सकिएको छ,” स्थानीय किसानको भनाइ छ, “अब हामी दुईपटक उत्पादन लिन सक्नेछौं ।”

योजना पूरा भएसँगै किसानको अनुहारमा आशा र खुसी झल्किएको छ । निर्माण टिम, राजनीतिक नेतृत्व र स्थानीय सहभागिताले सफल बनेको यो सिचाइ आयोजनाले अब यस  क्षेत्रको कृषिमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै युवा नेता तथा समाजसेवी नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश कमिटी सदस्य रविराज दंगालले गएको स्थानीय तहको निर्वाचनमा उपमेयर चुनावी मैदानमा उत्रिदै गर्दा आफुले जनता माझ प्रतिबद्धता गरेको प्रतिबद्धता पूरा गरेको बताएको छ । दंगाल गएको स्थानीय तह २०७९ को निर्वाचनमा झिनो मतले पराजित भएको थियो । त्यस्तै गरि निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामाले वडाबाट किसानहरुलाई सिँचाइलालागी पानी तानेको महसुल ७५ प्रतिशात अनुदान दिने प्रतिबद्ध जनाएको छ । कार्यक्रममा समितिका अध्यक्ष मोहन डीसी, वडा सदस्य दिलबहादुर पुलामी, नेकपा (माओवादी केन्द्र) का निजगढ नगर अध्यक्ष संतोष दंगाल, महिला समाजसेवी चन्द्रीका मगरल र विभा माया मगरगायतका स्थानीय किसानहरूको सहभागी रहेका थियो । मोती राना मगरले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य भने सिचाइ समितिकी कोषाध्यक्ष चन्द्रीका मगरले गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित