बारा । निजगढ नगरपालिका वडा नम्बर १ सिंगौलका अपाङ्गता भएको एउटा परिवारमा नेकपा एमाले निजगढका अगुवा महिलाहरुले खाद्यान्न, लत्ताकपडा र भाँडाबर्तन सहयोग गरेका छन ।
निजगढ १ सिंगौलका वर्ष ६५ का हरिबहादुर भण्डारीको घरमै पुगेर महिलाहरुले २ महिनासम्मलाई खाना पुग्ने चामल, दाल, तेल, तरकारी जस्ता खाद्यान्न र सिरक, डसना तथा भाँडाबर्तन र सुत्ने खाटलगायतका सामग्री सहयोग गरिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार महिलाहरुले आफैले संकलन गरेको रकम र जिन्सीबाट भण्डारी परिवारलाई सहयोग गरेको हो ।
सामग्री वितरण कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य एंव निजगढ नगरपालिकाकी पूर्व नगर उपप्रमुख लिलादेवी लामिछाने खनाल, एमाले नेतृ एवंम मधेस प्रदेश कमिटी सदस्य दुर्गा कोइराला, सहकारी संघ केन्द्रीय सदस्य शोभा राउत, एमाले बारा जिल्ला कमिटी सदस्य लक्ष्मी गौतम, निजगढ नगर कमिटी उपाध्यक्ष सम्झना थापा, नगर कमिटी उपसचिव जानुका न्यौपाने, सदस्यहरु आशा श्रेष्ठ, शारदा थापा, आशा चौलागाई, हिरामाया लामा र एमाले निजगढ नगर कमिटी अध्यक्ष तिलक घलानलगायतको उपस्थिति रहेको थियो ।
जन्मजातदेखि नै खुट्टाको समस्याले हिडडुल गर्न नसक्ने र आर्थिक रुपमा समेत विपन्न भण्डारीको परिवारमा श्रीमतीमात्रै छन ।






















Discussion about this post