अभियान्ता निकिताले गरिन क्यान्सरका बिरामीलाई आर्थिक सहयाेग

445
SHARES
585
VIEWS

बारा । सर्लाही हरिवन-८ निवासी अभियान्ता निकिता परियारले ब्लड क्यान्सरका बिरामीलाई आर्थिक सहयाेग गरेकी छिन् ।

परियारले बारा निजगढका नेविसंघ लगायतका विभिन्न संघ/संस्था र सम्पर्क केन्द्रहरुबाट संकलन गरेर सो रक्म क्यान्सर पिडितलाई हस्तान्तरण गरेकी हुन ।

बागमति नगरपालिका-११ निवासी बिनय बिक हाल ललितपुरकाे पाटन अस्पतालमा उपचाररत रहेका  छन । भभियान्ता निकिताले अस्पताल मै पुगेर ७३ हजार ५ सय ७५ रुपैंया हस्तान्तरण गरेकी हुन् ।

अभियान्त निकिताले विभिन्न दाताहरुसँग संकलन भएकाे ५० हजार ७५ रुपैंया र नेकपा (माओवादी केन्द्र) निकट सर्लाही-काठमाडौं सम्पर्क समन्वय समितिकाबाट प्राप्त रकम २३ हजाए ५ सय रुपैयाँ विरामीलाई प्रदान गरिन ।

अस्पताल पुग्नेमा  नेकपा (माओवादी केन्द्र) निकट सर्लाही-काठमाडौं सम्पर्क समन्वय समितिका सचिब शम्भु नेपाल, रोजिना थापा, सुष्मा बिश्वकर्मा, सरोज रायमाज्जी र सबिता खड्काको लगायतको रकम हस्तान्तरण गरेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित