निजगढ-१३ मा १ दिने नि:शुल्क स्वास्थ्य शिविर अल्पसंख्यकदेखि वृद्ध सम्म लाभान्वित

399
SHARES
525
VIEWS

बारा । बाराको निजगढ नगरपालिका वडा नं. १३, भक्तलालमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो शिविरमा बाराका अल्पसंख्यक चेपाङ समुदायदेखि वृद्धवृद्धा सम्मले लाभ लिएको छ । निजगढ नगरपालिका वडा नम्बर १३ वडा कार्यालयको आयोजनामा शिविर सम्पन्न भएको हो ।

शिविरमा २२३ भन्दा बढीले स्वास्थ्या आँखालगायतको जाँच गराएको निजगढ सामुदायिक अस्पताल प्रसुती गृहका प्रमुख प्रशासक सुरेश श्रेष्ठले जानकारी दिए । शिविरका लागि समुदायमा आधारित निजगढ सामुदायिक  अस्पताल प्रसुती गृह र तिलगंगा सामुदायिक आँखा अस्पताल निजगढले प्राविधिक सहयोग गरेको थियो ।

शिविरमा स्क्रिनिङ गरिनुका साथै आवश्यक परेकालाई औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।

तिलगंगा सामाजिक आँखा अस्पताल निजगढका नेत्र सहायक अमन चौधरीका अनुसार शिविरले आँखाका बिरामीको ‘स्क्रिनिङ’ भएको र मोतियाविन्दुको समस्या भएकालाई भोलि आइतबार नि:शुल्क शल्यक्रिया गरिने उपचार गरिने बताए । शिविरमा आँखाको समस्या लिएर आउने थुप्रै बिरामी आएको र त्यसमध्ये ५ जनामा  मोतिया विन्दु देखिएको थियो ५ जनाको  तोकिएको समयमा अस्पताल पुगे भने नि:शुल्क शल्यक्रिया हुने नेत्र सहायक चौधरीले जानकारी दिए । ‘हामी उहाँहरुलाई निःशुल्क उपचार गर्छौँ’, चौधरीले भने, ‘ भोलि आईतवार एक भित्र उहाँहरूको अपरेशन गर्नलाई समय निश्चित गर्छौँ ।’

त्यस्तै निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले कसैको पनि दृष्टि नगुमोस् र स्वास्थ्य पनि जनताको नैसर्गिक अधिकार हो भनेर स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम गरिसकेको बताए । त्यसैअनुरूप वडा कार्यालयले स्थानीयलाई लक्ष्य गरी शिविर आयोजना गरिएको वडा अध्यक्ष घलानले जानकारी दिए ।

वडावासीले शिविरबाट राम्रो लाभ लिएको वडाध्यक्ष ग्जलानले बताए । वडा अध्यक्ष घलानले अन्य किसिमका स्वास्थ्य शिविर कार्यक्रम कसैले लिएर आए आफूले सधैँ सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘यस्ता शिविर अरू रोगका लागि पनि आवश्यक छ’,  उनले भने, ‘योजना कसै न कसैले लिएर आउनुहुन्छ कि भन्ने आशा पनि गरेको छु ।’

शिविरबाट राम्रो लाभ लिएको स्वास्थ र आँखा जचाउन आएका स्थानीय वृद्ध हर्कबहादुर गोलेले बताए । ‘एक–दुई महिनादेखि आँखा पोल्ने, चिलाउने भइरहेको थियो’, वृद्ध गोलेले भने, ‘यहाँदेखि अस्पताल आउजाउ खर्च, समय बच्यो । यहीँ जचाउन पाएँ । अब ढुक्क भएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित