बारामा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक

390
SHARES
513
VIEWS

महेन्द्र प्र.सहनी /बारा । मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको सामाजिक परीक्षण प्रतिवेदन एक कार्यक्रम विच सार्वजनिक भएको छ । जनजागरण युवा क्लब (जेजेवाईसी), बाराको आयोजना तथा स्थानीय सरकारसँगको साझेदारीमा करैयामाई गाउँपालिकामा सञ्चालित मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमअन्तर्गत सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको हो ।

करैयामाई गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जेजेवाईसीका अध्यक्ष राजदेव प्रसाद साहको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यमा प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा सुशासन, क्षमता विकास तथा नीति पैरवी विज्ञ कर्णबहादुर नेपालीले सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति बाराका अध्यक्ष नरेन्द्र कुमार साह, गाउँपालिका उपाध्यक्ष सुनैना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारीलगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता थियो ।

कार्यक्रमले स्थानीय तहमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारिता सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित