नेपाल तरुण दल बाराले निजगढ नगर सचिव ढुंगानालाई तोक्यो जिम्मेवारी

453
SHARES
596
VIEWS

निजगढ । नेपाल तरुण दल जिल्ला कार्य समिति बाराले निजगढ नगरपालिकाको नगर सचिव प्रहार ढुंगानालाई विशेष जिम्मेवारी तोकेको छ । जिल्ला कार्य समितिका अनुसार नेपाल तरुण दल निजगढ नगरपालिकाका वडा अधिवेशन सहजतापूर्वक सम्पन्न गर्न नगर सचिव ढुंगानालाई जिम्मेवारी दिइएको हो ।

बाराको वडा, क्षेत्रीय तथा नगर तहका अधिवेशनलाई व्यवस्थित ढंगले सम्पन्न गर्नुपर्ने आवश्यकता देखिएकाले ढुंगानाललाई यो जिम्मेवारी तोकिएको जानकारी जिल्ला कार्य समिति बाराले जनाएको छ ।

जिल्ला कार्य समिति बाराका अध्यक्ष दिपेन्द्र पटेलले हस्ताक्षर गरेको पत्रमा ढुंगानालाई तोकिएको जिम्मेवारीअनुसार अधिवेशन तयारीमा जुट्न आग्रह गरिएको छ ।

नेपाल तरुण दलले संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि देशभर वडा, नगरपालिका, जिल्ला हुँदै केन्द्रीय तहसम्म अधिवेशन प्रक्रिया अगाडि बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित