तामाङ्ग घेदुङ्ग मकवानपुर बकैया गाउँपालिकाको २८६१ औं लोछार शुभराम्भ

403
SHARES
530
VIEWS

बसन्त लामा सिङ्गौल । नेपाल तामाङ्ग घेदुङ्ग मकवानपुर बकैयाको २८६१ औं सनाम लोछर सुभराम्भ भएको । घेदुङ्ग बकैयाले “सस्कृति तामाङ शान, भाषा धर्म सस्कृतिको जगेर्ना हाम्रो पहिचान, भन्ने मुल नाराको साथ नेपाल तामाङ घेदुङ मकवानपुरले ल्होछार कार्यक्रम आयोजना गरिएको हो । उक्त आयोजित ल्होछार कार्यक्रम मकवानपुर बकैया गाँउपालिका वडा नम्बर १ वडा कार्यालयको सहआयोजनामा भैइरहेको छ । मन्जुश्री सम्बत २८६१औं (डु ल्हो) अर्थात सर्प वर्षको पावन उपलक्ष्यमा आज पौष १२ गते बकैया गाउँपालिका वडा नम्बर १ चिसापानी स्थित खेलमैदानमा सोनाम ल्होछार बृहत संस्कृतिक कार्यक्रम गर्ने संचालन हुँदै छ ।
सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम नेपाल तामाङ्ग घेदुङ्ग बकैयाका अध्यक्ष लक्ष्मी जिम्बाको अध्यक्षतामा भएका हुन भने प्रमुख अतिथिमा  बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यतामा उदघाटन भएको थियो । त्यस्तै अतिथीहरुमा बकैया गाँउपालिकाका अध्यक्ष चर्मराज लामीछाने,  बागमति गाउँपालिका अध्यक्ष सर्वेश घलान, बकैया गउँपालिकाका उपाध्यक्ष भक्त ब. खत्री,  किसाङ गाउपालिकाको पूर्व अध्यक्षा एवंम मुख्यमन्त्रीका स्वकिय सचीव छत्र ब. लामा, नेपाल तामाङ्ग घेदुङ्ग वागमति प्रदेश अध्याय लिला कुमार घलान, तामाङ्ग कलाकार तथा अभिनेत्री प्रमिला सिन्रान, नेपाल तामाङ्ग घेदुङ्ग मकवानपुर जिल्ला अध्यक्ष कालु घलान, बकैया १ का वडा अध्यक्ष अशिष तितुङ त्यस्तै बकैया गाउपालिकाका वडा अध्यक्षहरु गोपाल बहादुर न्यासुर,  विश्वराज स्याङ‌तान, भूमल सि घलान, फुल बान भोम्जन, मानबहादुर सिङतान, टंकबहादुर लोप्चन, विष्णु नेगी, कमला वाइबा,बज्ञानेन्द्र बजगाई, विजय कुमार भ्लोन त्यस्तै रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष बोध नाथ देवकोटा, निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष  मंगल लोप्चनलगायतका रहेका थिए । त्यसैगरीबबकैया गाउँपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी माझीलगायतका रहेका थिए । सोनाम ल्होछार अवसर संस्कृतिक कार्यक्रमलाई ख्याती प्रापत गायक मदन लामा, लमु शेर्पा, शुसिल तामाङ, चेतन स्याङतान, जनक स्याङतान, मनोज वल र प्रतिक ब्लोनलगायतको प्रस्तुती दिदैछन । त्यस्तै कार्यक्रममा स्थानीय कलाकार अमिर लोप्चन र संग्राम गोलेलगाएत अन्य स्थानीयले समेत आफ्नो प्रस्तुतिहरु पस्किदै छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित