डम्बरपुर शिव शक्तेश्वर महादेव मन्दिरमा आज हरिबोधिनी एकादशी मेला

385
SHARES
507
VIEWS

निजगढ । निजगढ नगरपालिका–१३ डम्बरपुरस्थित शिव शक्तेश्वर महादेव मन्दिरमा आज हरिबोधिनी एकादशीको अवसरमा मेला लाग्ने भएको छ ।

आयोजक फ्याफुल्ला युवा क्लब डम्बरपुरका अध्यक्ष प्रताप घलानका अनुसार मन्दिर परिसर र आसपासका सडकहरूमा सरसफाइ र अन्य तयारी पूरा भइसकेको छ । मेलामा पसल, खेलकुद र मनोरञ्जनात्मक स्टलहरू राखिने व्यवस्था गरिएको छ ।

मेलामा डम्बरपुरसहित रतनपुर, भक्तलाल, हेटौडा, अम्लेखगञ्ज र जिल्लाको दक्षिणी भेगका श्रद्धालुहरू फूल र प्रसाद लिएर शक्ति खोला किनारमा फूल तार्न आउने कार्यक्रम रहेको छ । मेला अवधिभर भजन, कीर्तन, नाचगान हुने र श्रद्धालुले शक्ति खोलामा तोरण टाँग्ने परम्परा पालना गर्ने गरिन्छ ।

हिन्दू धर्मअनुसार एकादशी भगवान विष्णुको उपासना गर्ने विशेष पर्व हो। यस दिन भक्तजनहरूले उपवास बसेर भगवान विष्णुको पूजा र आराधना गर्ने र घरघरमा तुलसी पूजाको परम्परा पालन गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित