रविको पक्षमा हस्ताक्षर गर्दै रविराज दंगालको आरोप : “राज्यले प्रतिशोध साँच्यो

509
SHARES
670
VIEWS

निजगढ, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अगाडि सारिएको मुद्दामा राज्यले प्रतिशोध साँचेको आरोप लगाउँदै नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश कमिटी सदस्य एवं युवा नेता रविराज दंगालले रास्वपाको देशव्यापी हस्ताक्षर अभियानमा खुलेर समर्थन जनाएका छन् ।

बिहीबार निजगढस्थित रास्वपा पार्टी कार्यालयमै पुगेर दंगालले हस्ताक्षर गर्दै राज्यको रवैयाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे । उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्,
“रविको गल्ती भए कानून अनुसार दण्डित होलान्, तर उस्तै प्रकृतिका मुद्दामा सत्तापक्षीय नेताहरू छुटिरहेका छन् भने रविलाई हिरासतमा राख्नु राज्यकै र एमाले/कांग्रेसको प्रतिशोध हो ।”

दंगालका अनुसार, आफू रास्वपाको उद्देश्यको गहिराइमा नपुगे पनि एउटै देशमा एउटै कानुनका फरक प्रयोगप्रति विरोध जनाउन स्वतन्त्र ढंगले हस्ताक्षर गरेको बताए ।
“रवि दोषी भए कानूनअनुसार सजाय पाउनुपर्छ तर राज्यले दोहोरो मापदण्ड अपनाउनु न्याय विरोधी हो,” दंगालले उल्लेख गरे ।

दंगलको सामाजिक संजलमा स्टाटस आएपछी हामीले फोन सम्पर्क गर्दा नेता दंगालले थप स्पष्ट पारे,

“यो विषय केवल रविको पक्षमा होइन, सत्ताको दुरुपयोगविरुद्धको विरोध हो । गृहमन्त्री हुँदा रविले भ्रष्टाचारविरोधी कदम चाल्दा त्यसैको बदलामा उनीमाथि अब मुद्दा थोपर्ने काम भएको देखिन्छ ।” दंगालले भने ।

त्यस्तै दंगालले कांग्रेस र एमालेले सत्ता समीकरणको समयमा लामिछानेलाई प्रधानमन्त्रीसम्म बनाउने प्रस्ताव गरेका तथ्य स्मरण गराउँदै अहिले त्यही शक्ति केन्द्रहरू उनै विरुद्ध उभिनु दोहोरो चरित्र भएको बताए ।

“गिरिबन्धु र भुटानी शरणार्थी फाइल खुल्नासाथ सरकार रातारात परिवर्तन गर्नु, कुलमान हटाउनु, तर बालमन्दिर जग्गा प्रकरणका पात्रलाई जोगाउनु ! राज्यको यस्तो आचरण इतिहासकै कलंक बनेको छ,” दंगालको भनाइ थियो ।

निजगढमा सामाजिक गतिविधिमा अग्रसर दंगाल विगतदेखि नै (रास्वपा) सभापति लामिछानेको समर्थनमा बोल्दै आएका थिए । यसपटकको हस्ताक्षर अभियानमा उनको खुला सहभागितालाई नगरस्तरमा मात्रै होइन, प्रदेश र संघीय राजनीतिमा समेत चासोपूर्वक हेरिएको छ ।

दंगालको हस्ताक्षरपछि माओवादी नेतृत्वको धारणा झन प्रष्ट भएको देखिन्छ । पुर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही महिना अघि संसद्मै रवि, बालेन र हर्कलाई “लोकतन्त्रका सुन्दर फूलहरू” यसलाई जोगाउन हामी सबैको दायित्व हो भनी संरक्षणको पक्षमा बोलेका थिए ।

यही सन्देशलाई व्यवहारमा उतार्दै माओवादीका युवा नेताले रास्वपाको अभियानमा ऐक्यबद्धता जनाउनु सत्ता र प्रतिपक्षबीचको विभाजनभन्दा माथि उठेर अन्यायको विरुद्ध बोल्न सकिने सन्देशका रूपमा हेरिएको छ ।

दंगालले भने “यो कुनै नौलो विषय होइन । अन्याय र प्रतिशोधको विरुद्धमा म सधैँ उभिन्छु । हस्ताक्षर पनि त्यही सन्देश दिन गरिएको हो ।”

रास्वपाको यो अभियानसँगै अहिले निजगढमा समेत राजनीतिक हलचल बढेको छ । कांग्रेस–एमाले तर्फबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित