पत्रकार महासंघको निर्वाचनमा सत्ता र विपक्षीको प्यानलगत उम्मेदवारी

388
SHARES
510
VIEWS

बारा । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ र विपक्षी गठबन्धनले अलगअलग प्यानल तयार पारेका छन् ।

सत्तारुढ दल निकट युनिनयन र प्रेस चौतारीको प्यानलविरुद्ध विपक्षी पत्रकार संगठनहरुले प्यानल बनाएर उम्मेदवार दिएको हो ।
यो प्यालनबाट महासंघको अध्यक्षमा प्रेस सेन्टर नेपालका कमल गिरीको उम्मेदवारी परेको छ ।
गिरीलाई समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्चको समर्थन रहेको छ । यो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल र समावेशी उपाध्यक्षमा सुवास साहको उम्मेदवारी परेको छ ।

महासचिवमा भने लेखनाथ न्यौपानेले उम्मेदवार दिएका छन् । यो प्यानलको सचिवहरुमा उत्तर बिष्ट (खुला), सिर्जन झा (मधेशी), सरिता बराईली (दलित), भीषण राई (आदिवासी जनजाति) र विकास कार्की (एशोसियट) मा उम्मेदवार दिएका छन् । त्यस्तैगरी कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा ध्रुब रावलको उम्मेदवारी परेको छ ।

त्यस्तैगरी सत्तारुढ दल निकटको पनि नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएर उम्मेदवार दिएका छन् । यो प्यानलबाट महासंघको अध्यक्षमा निर्मला शर्मा साझा उम्मेदवार बनेकी छिन् । उनी चौतारीको कोटाबाट अध्यक्षको उम्मेदवारी बनेकी हुन् । चौतारीका तर्फबाट अध्यक्ष सहित ५ पदाधिकारीमा उम्मेदवारी दिएको छ । महिला उपाध्यक्षमा नितु पण्डित, आदिवासी जनजाति सचिवमा सविन प्रियासन चौधरी, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली र लेखा आयोग संयोजकमा केसी लामिछानेको उम्मेदवारी दर्ता भएको छ ।

प्रेस युनियनका तर्फबाट महासंघको बरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहालको उम्मेदवारी परेको छ । भने  सचिवहरु तर्फ रमेश खतिवडा (खुला), सोनी शर्मा (महिला), प्रकाश धौलाकोटी (दलित), बैकुण्ठ पराजुली (एशोसियट) र अशोक तिवारी (मधेशी) को उम्मेदवारी दिएको छ ।

‘प्रेस चौतारी र प्रेस युनियन केन्द्रीय पदाधिकारीदेखि जिल्लासम्म साझा उम्मेदवारी दिने सहमति भएको छ, त्यसैअनुसार आज शुक्रबार उम्मेदवारी दर्ता भएको जानकारी पाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित