बारा । समाजमा बढ्दै गएको लैङ्गिक हिंसालाई नियुनिकरण गर्ने उद्देश्यबाट १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान निजगढ गरपालिकाले हस्ताक्षर गरी सुरु गरेको छ । निजगध नगरपालिकाले वर्षै साल यो अभियान हस्ताक्षरबाट सुरु गर्दै आएको हो । निजगढ नगर प्रमुख सुरथ पुरीले हस्ताक्षरगारी सुरु गरेको सो कार्यक्रममा नगर उपप्रमुख सोममाया थिङ्ग, प्रशासकीय अधिकृत अजय बर्तौला र विभिन्न राजनीति दलका प्रमुखहरुको उपस्तिथि रहेका थिए ।
खास गरेर तराई मधेशका जिल्लाहरुमा यस्ता हिंसाहरु विकराल रुप लिदै गएको अवस्थामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बाराका विभिन्न पालिकाहरुमा पनि अभियान सुरु गरेको छ । लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान सोमबार देखि वारा, रौतहट, पर्सा, सर्लाही सहित देशैभरी सुरु भएका हुन् ।
२५ नोभेम्बर देखि लिएर १० डिसेम्बर सम्म विश्वभरी अभियानको रुपमा मनाइने अभियान नेपालमा “हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने नाराका साथ देशभरी सुरु भएको छ ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले २०७५ साल मंसिर महिनामा हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । त्यस्तैगरी अभियनको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले कलैया जिल्ला प्रहरी कार्यालय परिसरमा कार्यक्रमको अयोजना गरेका थिए । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र, सामुदायिक सेवा केन्द्र, हाम्रो प्रयास, समरक्षण नेपाल र जेजेवाईसीको संयुक्त आयोजना गरेका थिए । अयोजना बारा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाको अध्यक्षतामा भएका थिए । सो कार्यक्रममा अन्तरक्रिया कार्यकक्रम तथा पिडित असाहायहरुलाई फलफुल वितरण गरी महिला हिंसाको परिभाषा,महिला विरुद्ध हुने हिंसा,आदी विषयमा अडियमा र जनचेतनामुलक पुस्तिकाको माध्यमले आवश्यक छलफल अन्तरक्रिया भएका थिए । कार्यक्रममा विभिन्न संघ/संस्था प्रमुखहरुको सहभागितामा सचेतनामुलक कार्यक्रम गरिएका थिए ।
Discussion about this post