बारा । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १० स्थित पलयुल साम्तेलिङ्ग गुम्बामा सिदर्था गौतम बुद्धको अस्त्र धातु दर्शन र पूजापाठ हुन गइरहेको छ ।
यहि सोमबार मंसिर १० गते हुने सो अस्त्र दर्शन र बौद्ध लामा धर्म गुरु खेन रिम्पोछे ग्यालछेनले प्रबचन दिने भएको छ । उक्त बुद्धको अस्त्र धातु अन्तर्राष्ट्रियबाट प्रथम पटक नेपालमा दर्शन र पूजापाठ गर्नकालागी ल्याईको जनाएको छ । उक्त अस्त्र धातु नेपालको काठमाडौलगायत विभिन्न बौद्ध गुम्बाहरुमा पूजापाठगरी छिमेकी मुलुक भारत हुँदै पुन: इन्डिनेसिय पुग्ने छन । पूजापाठ र दर्शनमा आउने भक्तजनहरुलाई नेपाल तामाङ्गा घेदुङ्ग बाराले स्वयंसेवकको भुमिका निर्वाह गर्ने भएको छ । बारा घेदुङ्गले दर्शनर्थी भक्तजनहरु पूजापाठमा र दर्शन गर्न सहजतालागी सो भुमिका निर्वाहगरी सहयोग गर्ने जनाएको छ । निजगढ वडा नम्बर ८ स्थित अवतारटोलको साङाक टासी छ्योइलिङ्ग गुम्बा परिसरमा बसेको नेपाल तामाङ्ग घेदुङ्ग बाराका समन्वय समितिका पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । बारा घेदुङ्ग समन्वय समितिका अध्यक्ष तथा निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानको अध्यक्षतामा बसेको बैठले उक्त कार्यक्रममा स्वयंसेवकको भुमिका निर्वाह र तामागढी देखि गुम्बा सम्मा हुने सद्भाव र्यालीमा साथ दिनेलगायतका निर्णयहरु गरेका थिए । त्यस्तैगरी बारा घेदुङ्गले दर्शन र पूजापाठमा आउने भक्तजनहरुलाई ५० काटुन मिलरल वाटर पानी समेत वितरण गर्ने भएको छ । बारा घेदुङ्गले बौद्ध मार्गिक विभिन्न बुद्धिष्ट र बौद्ध धार्मिक कार्यहरू हुदा पानी, चिया र मोहिलगायतको पिय पदार्थहरु भक्तजनलाई वितरण गर्दै आईरहेका छन । त्यस्तैगरी यस पटक पनि बारा घेदुङ्गले शुद्ध प्रशोधित पिउने पानीको व्यवस्था गरेका हुन ।
Discussion about this post