बारा । बारा प्रहरीले अवैध लागू औषधसहित दुई जना पक्राउ गरेको छ । घरमा लुकाई छिपाई राखेको गोप्य सूचना पाए पछि कोल्हवी ईलाका प्रहरीले कार्यालय प्रमुख किसान बस्नेतको टोलि खरी उक्त लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बारा जिल्ला कोल्हवी नगरपालिका वडा नम्बर ५ सोनाभार निवासी ५२ वर्षिय मनमती देवि चौधरी र रमोद चौधरी रहेका छन । २१ पोका १ सय ७० किलो लागू औषध गाँजासहित मनमती र रमोद चौधरीलाई वुधवार जिल्ला प्रहरी कार्यालय बारा कलैयामा सार्वजनिक गरेका हुन ।
Discussion about this post