बारा । बाराको निजगढ ६ मा रहेको गौरी शंकर माविको ५१ औं जन्मोत्सव तथा अभिभावक दिवस शुक्रबार विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटाको सभाध्यक्षता सम्पन्न कार्यक्रममा बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनाली प्रमुख आतिथ्यता रहेको थियो भने मदेश प्रदेश सभा सदस्य त्रिलोकीप्रसाद चौधरी र मिना लामाको विशिष्ट आतिथ्यता रहको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य मैनालीले निजगढको शैक्षिक विकासमा अवको आवश्यकता भनेको प्राविधिक विषय भएको प्रष्टयाउनु भएको थिए । कार्यक्रममा निजगढ नगरपालिकाको प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा अध्यक्षहरु घनश्याम तिमल्सिना, नेकपा एमाले निजगढ नगर सचीव तिलक घलान, नेपाली कांग्रेस नगर सचीव मधु तिमल्सिना, नेकपा (माओवादी केन्द्र) निजगढ नगर अध्यक्ष संतोष दंगाल, नेकपा एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष भिमसेन सापकोटा, राप्रपा निजगढ अध्यक्ष खड्गप्रसाद उप्रेती, तरुणदलका केन्द्रिय सदस्य विष्णुकुमार खड्कालगायतले आफ्नो महत्वोपुर्ण मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तैगरी कार्यक्रमम निजगढ नगरकार्यपालिका सद्स्य शर्मिला विक, निजगढ-४ का पुर्व वडा अध्यक्ष जयराम कुंवर, केशव प्रसाद ढोडारी, फेकोफन निजगढ नगर अध्यक्ष कुशबहादुर थापा लगाएत अभिभावक, विद्याथी, शिक्षाप्रेमि, पत्रकार र सरोकारवाला सबैको सहभागिता रहेको थियो ।
कार्यक्रममा एसईई परीक्षामा सर्बोत्कृष्ट ए प्लस नतिजा हांसिल गर्ने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । निजगढ ६ सडकटोल स्थित सापकोटा परिवारद्धारा स्थापना गरिएको अक्षय कोष पुरस्कार बाट उत्कृष्ट छात्र छात्राहलाई पुरस्कृत गरिएको थियो । त्यस्तै पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम तिमल्सिनाबाट स्थापना गरिएको पुरस्कारबाट पनि कक्षा १२ को अन्तिम परिक्षामा उत्कृष्ट छात्र छात्रालाई जनही नगदसहित पुरस्कृत गरिएको थियो ।
विद्यालयको चौतर्फी विकासमा योगदान पुर्याए बापत पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक शिक्षिका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । विद्यालयको शैक्षिक गतिविधिमा अनुशासन व्यवस्थापनमा योगदान पुर्याए बापत विद्यालयका शिक्षकलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजसेवी लगाएत केदार प्रसाद गौतम , कुश बहादुर थापा, बेनि बहादुर मोक्तान ,अम्बिका चौलागाई लगाएतको विशेष उपस्तिथि रहेको थियो ।
Discussion about this post