मेरो जन्म चुरे डाँडाको काख, बारा जिल्ला साविक रतनपुर गा.वि.स वडा नम्बर ६ हाल निजगढ नगरपालिका वडा नम्बर १३ पानीसरामा भएको हो । खोला, नदी, डाँडा, काँडा, कुनाकन्द्र, खोंज पहाड र फाँट सबै समेटिएको मेरो प्यारो गाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।
छिपछिपे मूलको पानी खाँदा होस् या पल्लो वनबाट घाँसको भारी बोकेर चौतारीमा बिसाउँदा होस्, वनपाखामा स्याउला सोहोर्न जाँदा होस् या गाईभैंसी हेर्न गोठालो जाँदा होस, भालु खोलामा पौडी खेल्न जाँदा होस् या शिव शक्तिश्वर मन्दिर गुफा दर्शन गर्दा जाँदा होस, लट्टेश्वर महादेव डाँडा कतै न कतैबाट हरदम देखिरहन्थ्यो, पानीसरा खोला र शक्ति झरना सुरीलो धुन बन्दै सुसेलिरहन्थ्यो ।
अझ आकाशधाराको लट्टेश्वर महादेव डाँडाको आपास जाँदा बाटोबाट देखिने सम्पुर्ण र भरीपुर्ण सायौं थुम्क डाँडा कुनाकन्द्र र हिमशृंखलाले त हरेक पटक मोहनी लगाउँथ्यो । म लट्टेश्वर महादेव डाँडालाई हेरेर कहिल्यै थाक्दिनथें । उकाली ओराली, घाँस दाउरा गर्दागर्दै डाँडा, पाखा र भञ्ज्याङ्गसँग कहिले साइनो बस्यो पत्तै पाइनँ । प्राकृतिक सुन्दरतामा रमाउन कसलाई पो मन लाग्दैन होला र ? त्यसैले मौका मिलेसम्म घुम्न छुटाउँ दिनथें । लट्टेश्वर महादेव डाँडालाई । घुम्ने हुटहुटी त मनमा छँदै थियो । साथीहरुसंग “अचक ताम्बा बाजेको कार्यको समयमा जाँदा हामी लट्टेश्वर महादेव डाँडा घुम्न जाउँ “है” भन्ने प्रस्ताव राखें एक जना साथीले । सबैले सहजै स्विकारे । तर अलि भ्याउदिन कि जस्तो लागेर “म” नजाने प्रस्ताव राखे तर मैले सुख पाएन अन्त्यमा जानू नै पर्ने भयो र सबै उकालो चाढे र पुग्यौं हामी ।
लट्टेश्वर महादेव डाँडामा । सो स्थानबाट वरिपरिका सुन्दर दृश्य चिप्लेटी पाखा, बाँसबारी डाँडा, बोगटे डाँडा र त्यहाँबाट देखिने सायौं डाँडाका थुम्का थुम्काहरुले मनै लोभिने गरिन्छ बारा र मकवानपुरको सिमानामा रहेको लट्टेश्वर महादेव डाँडा उक्त चुरे क्षेत्रको सबैभन्दा बढी उचाईमा रहेका थुम्काहरू मध्ये एक रहेको छ ।
लट्टेश्वर महादेव डाँडालाई जसरी चुरेक्षेत्रको सबैभन्दा उचाईमा रहेको थुम्का भनेर त्यहाँका स्थानीय तथा जेष्ठजनले वर्णन गरिन्छ त्यति प्रचार–प्रसार भने देखिदैन र छैन पनि ।
प्रकृतिको अनुपम उपमा लट्टेश्वर महादेव डाँडा, भगवान शिवले सत्तिदेविलाई बोकेर हिडेका बेलामा देविकी एक अंग पतन भएको र सायौं थुम्काहरुमा सत्ययुगिन अवस्थमा ऋषिमुनीहरुको तपस्य स्थल भनेर स्थानीय जेष्ठजनले बताएका थिए । यस महादेवको मन्दिरलाई ऋषिश्वर महादेवको थपनाको रुपमा पनि लिइने रहेछ । यो लट्टेश्वर महादेव डाँडालाई स्थानीय भाषामा “ल थान” भन्ने रहेछ । “ल” भनेको भगवान र “थान” भनेको मन्दिर । निजगढको विभिन्न स्थानहरु भ्रमाण गर्ने क्रममा एकपटक पुग्नै पर्ने निजगढ नगरपालिका वडा नम्बर १३ का पर्यटकिय स्थल ४ गन्तव्यमध्ये एक लट्टेश्वर महादेव डाँडा पनि हो । चुरे क्षेत्रको सबैभन्दा अग्लो विन्दुमा उक्त डाँडा रहेकोछ । मधेश प्रदेश र बागमति प्रदेशका दुई जिल्लाहरू मिलन संगम थालो मकवानपुर र बाराको सिमानामा रहेको र पुरानो व्यापारिक नाका समेत रहेको डम्बपुरबाट पाखा, डाँडा, भञ्ज्याङ हुदै धेरै पदयात्रीको रोजाइमा पर्ने गरेको छ पहिला पहिला । अहिले उक्त स्थानमा जाने मार्ग तथा पथमार्ग सडक बाटो बनेको छ । सो मार्गमा अहिले मोटरबाटो खुलेको छ । सजिलै सावारी साधनमार्फत पुग्न सकिन्छ । यो भन्दा अगाडि म बोगटे डाँडा गए पनि यो अलि लामो र रमाइलो यात्रा भएर होला म निकै रोमाञ्चित थिएँ ।
लट्टेश्वर महादेव डाँडामा पाईला टेक्न पाउदा, साँच्चै आज मेरो सपना पूरा हुन लागे झै भान भइरहेको थियो मलाई । यो यात्रामा मैले बारा जिल्लाको चुरेपारिको जिल्ला मकवानपुर र बारा जिल्ला सिमनाको उच्च शिखरमा पाईला टेक्दै थिएँ, मेरो लागि यो पनि नौलो अनुभव थियो । निजगढ १३ का भक्तलालबाट उत्तर पानीसरातर्फ पाईला चाले । मंसिर महिनाको बेला थियो । शरद ऋतुले झापक्कै छोपी सकेको समय थियो । बारा जिल्लाका फाँटहरूमा लहलह झुलिरहेका तोरीको फुलहरुले पहेंलपुर थिए । खोंजमा हरियो पानीसरा नदि र शक्ति खोला बगिरहेको थियो । पानीसरा खोला र शक्ति खोलाका बगरहरूमा काँस फुलेर सेताम्ये थिए । म मोबाईलबाट तस्बिर, भिडियोहरू लिनमै व्यस्त थिए“ । बारा जिल्ला अर्थात तराईको गर्मीलाई एकैछिनमा पानीसराको शीतलताले बिर्साइ दियो । उकालीहरुमा धुलो उडाउँदै कच्ची सडकको बाटो हिडें । माथी–माथी पुगेपछि चिसो चिसो हावाका झोंकाहरुले मनमोहक तराईका समथर फाँट वन जंगललाई पृष्ठभूमिमा राखेर हेरिरहदा निकै आनन्दित थिएँ । बारा र पर्सा जिल्लालगायत तराईका फाँटहरुलाई स्थानीयले ”दमार र वेलवाट” पनि भन्ने गरिने रहेछन् । मनग्ये तस्बिरहरू खिचेर पहाडको बाटो फेरि उकालो लाग्यो । चट्टानहरू फोरेर बनाएको बाटो बाँदर लड्ने जस्तो भीर अनि तल चुरे क्षेत्रका विभिन्न शाखा हुँदै बगिरहेको नादिहरुका बगरहरु र भिरका खोजहरु हेर्दा आङै जिरिङ्ग हुन्थ्यो । थोरै माथि पुगेपछि पानीसराको आँपागाँछी क्षेत्र आँपघारी अवस्थित सुन्दर गाउँ देखियो । त्यो गाउँलाई तस्बिरमा कैद गरेर अगाडि बढ्यो । पर्सा राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र, धारापानी सामुदायिक वन, पशुपति सामुदायिक वन, शिवशक्ती सामुदायिक वन र कैलाशपति सामुदायिक वन त्यहाँबाट हेर्दा निकै नै आकर्षण देखिएका थिए । लट्टेश्वर महादेव डाँडाबाट चरैतिर हेर्दा सेतो कागजमा मसी पोखिएको जस्तो नीलो आकाशमा विभिन्न प्रजातीको चराहरू उडदै थिए । वरिपरि सायौं थुम्काहरूले मेरो मन निकै उत्साहित थियो । त्यहाँ पुग्नै लाग्दा चाँदी झै टल्किरहेका हिमालहरू पृष्ठभूमिमा रहेको सुन्दर शृखला देखियो । घाम लागेपछि सोहि स्थानमा घामको किरण पर्दाको दृश्य निकै मनमोहक थियो । घामसँगै मन चङ्गा भयो, झन रमाइलो लाग्न थाल्यो । बेजोडले हावा चलिरहेको थियो, निकै चिसो थियो । लगाएका लुगा छेडेर चिसोले भित्रै छोईरहेका थिए । तर त्यहाँ खुट्टा टेक्न पाउदा आफूलाई गौरवान्वित महसुस गरें । संसार जिते जस्तो अनुभुती भए म । साँघुरो गोरेटो बाटो, तल डर लाग्दो भिर, खोंज र नदी, माथिबाट ढुंगा खस्ने हुन् कि भनेर सजग हुँदै पहिरोको कहालीलाग्दो बाटो छिचोल्दै हामी पुगे । त्यहाँ अपराह्नको चिसो सिरेटो चलिरहेको थियो, थुम्काहरुमा बादल मडारिइसकेको थियो, शक्ति खोला उस्तै सुसाइरहेको थियो । त्यहाँका दृष्य कुनै चित्रकारले कोरेको तथा पोतेको सुन्दर पेन्टिङ झै लाग्ने वरिपरि सयौं थुम्काहरुले घेरिएको लट्टेश्वर महादेव डाँडामा पुग्दा संसार जितेको अनुभूति भयो, मेरो सारा थकान मेटियो, मैले त थकान नै विर्सेर खुसीले कुदन पो थालेछु । मेरो चौथो गन्तव्य सकुशल चुम्न सफल भएकोमा खुसी हुँदै केहि समय त्यहाँ बिताए । हामी १०/११ जनाको टोली थियो । प्राय जसो सामाजिक आभियान्तहरु भएर होला । यात्रामा पनि रमाइलो थियो । संगै उमेरका व्याजीहरु जस्तै केही उमेरका आसपासका हाम्रो टोली थियो त्यहाँ पुग्ने । राजनीतिक जनचासोका रामबहादुर थिङ्ग, महिला अधिकार कर्मी सानुमाया गोले, युवा जनसरोकार सुरेश पाख्रीन, सामाजिक आभियानका विजयमान मोक्तान (नेपाल), भाइ डिलबहादुर (फोरम), माइजू पुष्पी गोले थिङ्ग, ठुलोदिदीलगायतका हाम्रो उक्त टोली सो स्थानमा पुगेका थिए । एक दुई जना भन्द धेरै संख्याको टोलीमा झन धेरै रमाइलो हुने रहे छ, र हुदो रहेछ मेरो अनुभव । चुचुरोमा पाईला टेकेपछि कुनै तस्वीर लिन व्यस्त भए भने कुनै वरिपरिका दृश्य अवलोकनमा व्यस्त थिए । कुनै यस स्थानको किमादन्ति खोजदैमा व्यस्त । कुनै हिमालको चुच्चो र हिमशृंखलाको तस्वीर खिच्दैमा र हेर्दै आनन्दीत थिए । केही समयको बसाई र अवलोकनपछि हाम्रो टोली नै त्यहाँबाट फर्किए । फर्किने बेला सबै साथीहरू छुटिए, महिला टोली र पुरुष टोली छुट्टाछुट्टै भयो । टोली आ–आफ्नो तवरले फर्किए । आउदा बाटोमा धेरै रमाइलो भयो घुम्दै घुम्दै होहल्ला र सुसेली मार्दै ओरालो झरे । बाटोमा विभिन्न प्रजातीका रुख र बोट विरुवाहरु अनि आरेलीको विभिन्न रङ्गीचङ्गी फुलेका फुलहरुले मनमा एक प्रकारका मनोरममा युवाहरू ठट्टा र जिस्किदै आए । आउने क्रममा विचबाटोमा हामीले केही साथी पनि भेटीएका थिए । सो स्थानका ६० उमेर नाघेका बृद्ध “बा” भनौ आधा बैशे उमेरका, उहाँको उमेर सोधे मैले ६९ कटेको भन्नू भयो तर हामी भन्द निकै जोशिला र साहसिक व्यक्ति उहाँ संग मेरो पहिला नै चिनजान थियो संगै ओरालो झरे हामी ।बउहाँ संगको यात्रा निकै रमाइलो पनि भयो । बाटोमा संगै आउँदा उहाँको केहि प्रेरणादायी अनुभवहरू सुन्दै फर्किने बेलामा बाटो काट्न निकै सजिलो भएको थियो मलाई । यात्रा टुङ्गीएको त यादै भएन । उहाँ संगको यात्राको भेट कहिल्यै नबिर्सिने अविस्मरणीय क्षण बनेको छ । माथि हेर्दा सधै मलाई उहाँको याद आउँछ । साथिहरु संग रमाइलो गर्दै ओरालो लागेको याद आउछ । तर जे जस्तो भए पनि रमाइलो र वरिपरि टाढा टाढा सम्मका दृश्य र हिमाल देखि तराईलाई हेर्न पाउने लट्टेश्वर महादेव डाँडाले बहेक अरुले जुराउने छैन ।
लेखक उमेश घलान पत्रकार हुन
Discussion about this post