अवतार सहकारीको १४ औं बार्षिक साधारणसभा सम्पन्न

381
SHARES
501
VIEWS

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ८ स्थित अवतार बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

सहकारी संस्थाका अध्यक्ष अजय लामाको अध्यक्षतमा भएको सो कार्यक्रमको उदघाटन प्रमुख अतिथि निजगढ नगरपालिकाको नगर प्रमुख सुरथ पुरीले र निजगढ नगरपालिकाकी उपाध्यक्ष सोममाया थिङ्गले संयुक्त रुपमा पानसमा दिपप्रज्वालन उदघाट्न गरेका थिए ।

साधारण सभामा संचालक समितिका अध्यक्ष अजय लामाले प्रस्तुत गरेको आर्थिक ०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष ०८१/८२ को बार्षिक बजेट र कार्ययोजना, तथा संचालक समितिकी कोषाध्यक्ष हिरालक्ष्मी लामाले पेस गरेको आर्थिक प्रतिवेदन तथा लेखा समितिका सदस्य युवराज न्यौपानेले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/०८१ को लेखा परीक्षणको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

कुल १२ सय शेयरधनी सदस्यहरुबीच कारोबार गरेको सो सहकारीले चालु आर्थिक बर्ष २०८०/०८१ मा यस संस्थाले रु १ करोड ९५ लाख ४० हजार चुक्ता पूँजी पुर्याएको जानकारी गराएको छ र यस वर्ष जम्मा सदस्य बचत रु १८ करोड ९८ लाख ४३ हजार ५४ रुपैया ४ पैसा रहेको र विभिन्न शीर्षकमा २१ करोड ५४ लाख ३४ हजार ९ सय १ रुपैया ४१ सदस्यहरुलाई कर्जा लगानी गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै यस वर्षको कुल कारोबार रु २८ करोड ३३ लाख ३ हजार २ सय ९६ रुपैया ७३ पैसा रहेको समेत अध्यक्ष लामाले प्रस्तुत गरेका थिए ।

त्यस्तैगरी संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा आम्दानी तथा त्यसमा खर्च कटाई जम्मा रु ७५ लाख २७ हजार ५ सय २३ रुपैया ४७ पैसा खुद बचत (मुनाफा) आर्जन गरिएको छ । त्यसैगरी संस्थाले  राज्यकोषमा रु ७ लाख ५२ हजार ७ सय ५२ रुपैया ३५ पैसा आयकर योगदान गरेको समेत अध्यक्षको प्रतिवेदनमा प्रस्तुत भएको छ ।

उत्कृष्ट ऋण कारोबार शान्ती कुमारी थोकर र बाल वचत हर्सित वाईवा सम्मान गरेको छ । त्यस्तैगरी संस्थाले उत्कृष्ट प्रगतिशिल नारी वचत अन्तर्गत अस्मिता पौडेललाई सम्मान गरेको छ । त्यसैगरी संस्थाले गौरीशंकर क्याम्पसबाट २०८० को सर्वोत्कृष्ट नतिजा ल्याउने प्रतिमा लामालाई सम्मान गरेका थिए । साधारण सभामा उत्कृष्ट ऋण कारोबार भिमलाल योन्जन र श्यामबाबु ढोडारी पनि सम्मानित भएका थिए । त्यस्तै संस्थाले साधारण सभाको अवसरमा यस वर्षको उत्कृट कर्मचारी बिरज धामीलाई कर्मचारी अवार्ड २०८१ ले सम्मानका साथ रु ५ हजारको शेयर हस्तान्तरण समेत गरेको छ ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष हरिबोल अधिकारी गरेका थिए । अतिथिहरु खानेपानी तथा सरसफाई उपभोक्ता समीतिका अध्यक्ष शुदर्सन प्रसाद कोईराला, निजगढ न.पा. सहकारी शाखा प्रमुख अजय उप्रेती, लोकप्रिय साकोसका अध्यक्ष अम्बिका प्रसाद चौलागाई, सेवा शुभारम्भ साकोसका अध्यक्ष मणिश्वर घिमिरे, अचोपैचो साकोसका अध्यक्ष नारायणप्रसाद गौतम, समुन्नत महिला बहुद्देशीय साकोसकी अध्यक्ष कल्पना खरेल, बारा जिल्ला साकोस संघका अध्यक्ष सत्येन्द्र ठाकुरलगायतले संस्थाको प्रगति बारे मन्तव्य राखेका थिए ।

त्यस्तै कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता समीतिका अध्यक्ष शुदर्सन प्रसाद कोईराला, निजगढ न.पा. सहकारी शाखा प्रमुख अजय उप्रेती, लोकप्रिय साकोसका अध्यक्ष अम्बिका प्रसाद चौलागाई, सेवा शुभारम्भ साकोसका अध्यक्ष मणिश्वर घिमिरे, अचोपैचो साकोसका अध्यक्ष नारायणप्रसाद गौतम, समुन्नत महिला बहुद्देशीय साकोसकी अध्यक्ष कल्पना खरेल, बारा जिल्ला साकोस संघका अध्यक्ष सत्येन्द्र ठाकुर, सामुदायिमा आधारित प्रसुती गृह सन्चालक समितिका अध्यक्ष माधाव न्यौपाने, सप्तरेखी पशुपालन साकोसकी अध्यक्ष सावित्री भराती, सगरमाथा साकोसका व्यवस्थापक हरिप्रसाद पंडित, आई.एम.ई. लाईफ इन्स्योरेन्स चन्द्रपुर रौतहट शाखाकी प्रमुख सिर्जना श्रेष्ठलागयत विभिन्न संघ/सस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको सहभागी रहेका थिए भने कार्यक्रमको संचालन श्रीहरी न्यौपानेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित