नेविसंघ निजगढमाद्वारा आयोजित रक्तदान कार्यक्रममा ८० जनाले रगतदान गरे

397
SHARES
523
VIEWS

बारा/निजगढ । नेपाल विद्यार्थी संघ (नेविसंघ) निजगढले शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी वीरगंजको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

निजगढ शहीदचोकमा बिहान ८ बजे देखि शुरु भएको कार्यक्रममा ७० जना पुरुष र १० महिलासहित ८० जनाले रगतदान गरेका थिए ।नेविसंघ निजगढका सभापति ईश्वर सापकोटाको नेतृत्वमा सो कार्यक्रम आयोजना गरेका थिए ।

रगत अभावले कसैले ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको सापकोटाले बताए । नेविसंघद्वारा निजगढमा आयोजित रक्तदान कार्यक्रम यो दोस्रो पटक हो ।

मधेस प्रदेशसभा सदस्य माला लामा, निजगढका पूर्व नगरप्रमुख सुरेश खनालले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

निजगढका विभिन्न दलका नेता, सामाजिक आभियान्त, समाजसेवी, संघ/संस्था, प्रहरी र नेपाली सेना लगायतले रगतदान गरेका थिए ।

सो कार्यक्रमको अवसरमा नेविसंघले समुदायिकमा आधारित सामुदायिक अस्पताल प्रसुती गृहमा पुगेर विरामीहरुलाई जुस र २ क्यस पानी वितरण समेत गरेको छ । रक्तदान पछि विरामीहरुलाई भेटेर जुस लगायतका पिएपदार्थ वितरण कार्यक्रम भने हाल यो नेविसंघको पृथक तथा नौलो अभियान हो ।

कार्यक्रममा नेविसंघ बाराका जिल्ला सभापति समिर चौधरी, उपसभापति अनिल खनाल अर्को उपसभापति दीपक चौधरी सदस्यमा नारायण प्रसाद रिमाल सदस्य गोविन्द तिमल्सिना, निजगढ नगरकी नगर कार्यपालिका सदस्य शर्मिला वि.क. र गौरीशंकर मावीका अध्यक्ष रवि बर्तौला लगायतका सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित