समुन्नत महिला बहुउद्देश्यीय सहकारीको चैथो साधारणसभा सम्पन्न, अध्यक्षमा दोहोरिए खरेल

428
SHARES
563
VIEWS

बारा । समुन्नत महिला बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सम्पन्न भएको छ । संस्थाको चौथो वार्षिक साधारणसभा तथा अधिवेशन मंसिर १५ गते शनिबार निजगढ-८ शुभकार्य पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

संस्थाको चौथो वार्षिक साधारण सभाको उदघाटन मधेस प्रधेश सभा सदस्य मिना लामा (माला) ले पानसमा दिपप्रज्वलन गरेर गरेकी थिइन् । संस्थाकी अध्यक्ष कल्पना खरेलको अध्यक्षतामा भएको कार्यक्रम स्वागत मन्तव्य भने संस्थाकी ऋण उपसमितिकी संयोजक सुनमाय लोप्चनले गरेकी थिइन । कार्यक्रममा निजगढ नगरपालिकाको पुर्व प्रमुख सुरेशकुमार खनाल,  सहकारी विभागका शाखाकी सुस्म फुयाल, निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष  सूर्य धनान,कार्यपालिका सदस्य मिना चौरेल, कार्यपालिका सदस्य शर्मिला वि.क. र  अवतार साकोसका अध्यक्ष अजय लामा लगायतले अतिथिको ग्रहन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य लामाले सहकारीलाई जिवन्त राख्नका लागि सञ्चालक, कर्मचारी, सेयर सदस्य सबैको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

त्यस्तैगरी निजगढ नगरपालिकाका पुर्व प्रमुख सुरेशकुमार खनलले वर्तमान अवस्थामा केही सहकारीमा देखा परेको समस्याका कारण राम्रा काम गरिरहेका सहकारीलाई अप्ठ्यारो परेको उनले उल्लेख गरेका थिए । ‘अहिले जनमानसमा सहकारी प्रति अविश्वास बढ्‌दै गएको छ । चोकचोकका चिया पसलदेखि चौतारासम्म सहकारीका कुराहरु हुन्छन्’, पुर्व प्रमुख खनालले ‘वर्तमान अवस्थामा केही सहकारीमा देखा परेका समस्याका कारण नियम कानुनमा रहेर चलेका सहकारीमासमेत त्यसको असर देखिएको छ I’ त्यस्तै गरि वडा नम्बर १३ का अध्यक्ष सुर्य घलान,  कार्यपालिका सदस्य मिना चौरेल र आवतर साकोसका अध्यक्ष अजय लामाले सहकारीको बारेमा महत्त्वपूर्ण मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै सभामा उत्कृष्ट कर्मचारी, सेयर सदस्य र इमानदारी ऋणीलाई सम्मान गरिएको थियो । संस्थाको चौथो त्यस्तै, सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा एवम् अधिवेशनबाट अध्यक्षमा पुनः कल्पना खरेल दोहोरिएकी छिन । शनिबार सम्पन्न भएको साधारण सभा तथा अधिवेशनले खरेलको अध्यक्षतामा ११ जना कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा सुनमाया लोप्चन, सचिव उषा लामा, कोषाध्यक्ष चन्दा लामा सर्वसम्मत चयन गरेको छ । त्यस्तै सदस्यहरुमा शान्ति लामा, पूजा सपकोटा, तनुजा लो, रूपा घलान, मिरा अधिकारी, लक्ष्मी लामिछाने र रिता सुबेदीलाई सभाले सर्वसम्मत चुनिएका छन । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा रत्न वर्तौला  सदस्यहरुमा शोभा परियार र पुनम कार्की चयन भएका छन् ।

त्यस्तै सभामा अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा २०८१ आसार मसान्तसम्ममा ३ सय २५ जना सदस्य रहेको यश संस्थाले आर्थिक वर्षा २०८१ आसार मसान्तसम्ममा ७६ लाख ३५ हजार शेयर पुंजी बनाउन सफल भएको छ । संस्थामा आबद्ध रहेको सदस्यहरुलाई योजनाबद्ध व्यवसाय संचालन गर्न आर्थिक वर्षा २०८०/०८१ मा ३ करोड १० लाख ८१ हजार ९० ग्राहकको माग बमोजिम वचत फिर्ता १ करोड ३२ लाख प्रवाह गरेको प्रस्तुत प्रतिवेदनमा समावेश रहेको छ ।

त्यस्तैगरी संस्थाले उत्पादनलाई जोड दिदै महिला उद्यमशिलता प्रवर्द्धन गर्दै संचालनमा आएको समुन्नत महिला गार्मेन्टले पनि उत्पादन तथा विक्रीमा वृद्धि गराउन सफल भएको प्रतिवेदनले देखाएको छ । संस्थाले विशेष गरी विद्यालयका पोशाक, झोला, खादा, झण्डा, जाडो तथा गर्मिका कपडाहरु उत्पादन गरी यस वर्ष १८ लाख बराबर विक्री गरेको उल्लेख छ । संस्थाले  कार्यपालिका सदस्य तथा वडा अध्यक्ष जनप्रतिनिधिहरुसँग समन्वय गरी नगरभरिका विभिन्न विद्यालयका ९ सय ४२ विपन्न विद्यार्थीहरुलाई पोशाक वितरण र ५० ओटा युवा क्लबका खेलाडीहरुलाई खेलकुदका सामाग्रीहरु वितरण गरेको छ ।

संस्थाको बहुउद्देश्यीय गतिविधिलाई मध्ये नजर वडा नं.९ का २५ जना महिला दिदिबहिनीहरुलाई ५ दिने सरफ तथा साबुन बनाउने तालिम समेत संचालन गरेका थिए । गार्मेन्ट उधोगबाट तलब तथा ज्याला मार्फत ८ लाख १७ हजार २ सय ८२ मुल्य बराबर रोजगार प्रदान गर्न समेत सफल भईसको छ ।

अध्यक्ष खरेलको प्रस्तुत प्रतिवेदन संगै अध्यक्ष खरेलले संस्थाको उद्देश्य अनुरुप कार्य गर्न अवसरका साथै चुनौतिहरु पनि रहेका बताई । अध्यक्ष खरेको अनुसार संस्थाबाट ऋण सुविधा लिएको लगभग ३० प्रतिशत सदस्यहरुबाट उपभोग गरिएको कर्जा फिर्तामा ढिला सुस्ती, संस्थाको लगभग २५ प्रतिशत सदस्यहरु अनिवार्य बचतको दायरामा नआउनाले संस्थाको बचत बुद्धिमा कमी आएको बताईन । अर्थ माफियाहरुले सहकारी माथि गरेको आर्थिक प्रहारले सहकारीलाई हेर्ने दृष्टिकोणमा नकारात्मक असर पर्नु, सबै सदस्यहरुमा सहकारी शिक्षाको अभाव जस्ता आन्तरिक जटिलता रहेका बताएकी थिइन ।

नियमनकारी निकायले सहकारी क्षेत्रलाई खासै चासो नदिनु, निजगढ भित्र भएका सहकारीहरुबीच समन्वय तथा सहकार्य नहुनु, हाल नेपालका केही सहकारीले प्रचलित नियम, कानुन र विधान विपरित लगानी गरी सहकारी क्षेत्र बदनामित भएका कारण त्यसको असर हामीमा पर्न गएको समेत बताईन । अध्यक्ष खरेलले भनिन यस्तो अवस्थामा संस्थालाई अगाडी बढाउन सक्षम र इमान्दार नेतृत्व, सदस्य शिक्षा, बचतको महत्वका साथै कर्म थलोलाई मन्दिर र कर्मलाई पुजा भन्ने भावना सबैमा जागृत हुन आवश्यक रहेको बताएकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित