“प्रअ तिमल्सिना’ को बिदाइ एउटा विद्यालयले धेरै दशकपछि महसुस गरेको खालीपन

389
SHARES
512
VIEWS

बारा । निजगढ–६ सडकटोल गौरीशंकर माध्यमिक विद्यालयमा विहिवारको दृश्य उत्सवको चमकले भरिएको जस्तो देखिन्थ्यो, तर त्यो उत्सवको गहिराइमा  एउटा अध्याय बन्द हुँदै थियो । ३५ वर्षसम्म विद्यालयको धड्कनजस्तो बनेका प्रधानाध्यापक यादवकुमार तिमल्सिना बिदा हुँदै थिए । फूलमाला, दोसल्ला, अविरयात्रा, कदरपत्र… तर त्यो चमकभित्रको वास्तविकता धेरै मौन र गहिरो थियो ।

३५ वर्षको यात्राले निर्माण गरेको ‘स्कूल–संस्कार’:

विद्यालयमा तिमल्सिना सरको पहिचान पदभन्दा ठूलो थियो । तिमल्सिना प्रशासक भन्दा धेरै मार्गदर्शक,
शिक्षक  सडकदेखि कक्षासम्म, विद्यार्थीको अनुशासनदेखि शिक्षकको तालमेलसम्म उनको ठुलो योगदान छ । यस क्षेत्रका विद्यालयहरुमा उत्कृष्ट विद्यालय बन्नु कुनै आकस्मिक उपलब्धि होइन ।

यो यात्रामा तिमल्सिनाको ‘दिन–रात’ मिसिएको थियो । कसैले नदेख्ने, थाहा नपाउने तर विद्यालयको मेरुदण्ड बन्ने कडा परिश्रम थियो तिमल्सिनाको ।

अविरयात्रा : देखिने सम्मान, नदेखिने सम्झना:

वडाका टोल–टोलमा निकालिएको अविरयात्राले बाह्य दुनियाँलाई एउटा शिक्षकको सम्मान देखायो ।
तर विद्यालयभित्रका धेरैका मनमा एउटै कुरा घुमिरह्यो
“अब उहाँजस्तो नेतृत्व पाउनु सम्भव हुन्छ कि हुँदैन ?”

विद्यार्थीहरूका लागि तिमल्सिना ‘कडा तर ममतामय’ अनुशासक थिए । अभिभावकका लागि ‘विश्वासिलो संयोजक’ थिए । शिक्षकका लागि ‘समस्या समाधानको पहिलो ढोका’थियो ।

उनको बिदाइसँगै सुरु हुने ‘रिक्तताको चुनौती’:

नगरप्रमुख सुरथ पुरीले कार्यक्रममा तिमल्सिनालाई अनुकरणीय शिक्षक भने । तर प्रश्न यहाँबाट सुरु हुन्छ । अनुकरण गर्न सक्ने वातावरण, संरचना र प्रतिबद्धता नयाँ नेतृत्वले कसरी बनाउनु ? उनले निर्माण गरेको भौतिक पूर्वाधार त चलिरहला, तर उनले बनाएको ‘स्कूल–संस्कार’ अनुशासन, जवाफदेहिता, गुणस्तरीय र शिक्षामा दृढता यी जोगाइराख्न सजिलो छैन ।

संस्थागत उपलब्धि बनाउने व्यक्तिगत समर्पण:

विद्यालयमा अहिले १५ सय विद्यार्थी छन् । यो संख्या मात्र होइन, जिम्मेवारी पनि हो । विकासका लागि स्रोत थपिन्थे, तर पहिलो ढोका ढकढक्याउने मान्छे सधैं तिमल्सिना सर नै हुन्थे । उनको कार्यकालले एउटा कुरा प्रमाणित गर्‍यो । शिक्षा संस्थाहरू भौतिक पूर्वाधारले होइन, विचार र नेतृत्वले उकासिन्छन् ।

बिदाइ एउटा अन्त्य होइन, ‘मूल्य’ को परिक्षण:

अब विद्यालय ‘तिमल्सिना पछि’को चरणमा छ  ।उनको अनुपस्थितिमा विद्यालयले कस्तो रूप लिन्छ ?
गुणस्तर जोगिन्छ कि फेरिन्छ ? विद्यार्थी र शिक्षकको सम्बन्ध कतातिर मोडिन्छ ? उनको बिदाइले एउटा युग बन्द गर्‍यो, तर स्कूलका लागि एक महत्वपूर्ण प्रश्न खुला छ । “उनले बनाएर गएको मूल्य कसले जोगाउने ?” फूलमाला, कदरपत्र र अविरयात्राले विदाइको चमक बढाए तर वास्तविकता भने सरल छ । एक समर्पित शिक्षकको योगदान समाप्त हुँदै होइन,
विद्यालयसँगै बाँकी छ । तिमल्सिनाको बिदाइले सबैलाई सम्झाइदियो । विद्यालय भवनले होइन,
त्यहाँ खपिने अनुशासन, श्रद्धा र समर्पणले उत्कृष्ट बन्छ । र आगाडी बढ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित