हावाहुरीले भाँचिएको रुखको हाँगा ट्याक्टरमा खस्दा एकको मृत्यु

410
SHARES
540
VIEWS

बारा । बाराको निजगढमा हावाहुरीले रुखको हाँगा ट्याक्टरमाथि खस्दा एक जनाको मृत्यु भएको छ । साँझपख अचानक आएको विनाशकारी हावाहुरीले एक ज्यान लिएको छ, एक जना भने घाइते भएका ।

सोमबार साँझ करिब ६:४५ बजे निजगढ नगरपालिका–६ स्थित जन सृजनशील सामुदायिक वन अन्तर्गत योजना टोल–सिंगोल भित्री सडकखण्डमा सिंगोलबाट योजना टोलतर्फ आउँदै गरेको ना ७ त ५१५० नम्बरको ट्याक्टरमाथि हावाहुरीसँगै रुखको हाँगा भाँचिएर खसेको प्रहरीले जनाएको छ ।

घटनामा ट्याक्टर सवार निजगढ–४ पुरानो टोलका ५५ वर्षीय देवबहादुर अर्याल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सामुदायिक अस्पताल प्रसूति गृह पुर्‍याइए थिए। अर्याललाई चिकित्सकले साँझ ७:१० बजे मृत घोषणा गरेको हो ।

उक्त ट्याक्टरमा सवार नुवाकोट सूर्यगढी गाउँपालिका–१ घर भई हाल निजगढ–५ बागदेव बस्दै आएका ३२ वर्षीय कृष्ण घलान घाइते भएका छन् । उनको ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक निजगढ–४ पुरानो टोलका ५० वर्षीय बुद्धमान बल र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित