अस्पताल सेवामा पारदर्शिता र प्रभावकारितामाथि छलफल

392
SHARES
516
VIEWS

निजगढ । निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले सञ्चालन गर्दै आएका सेवा तथा कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले सामाजिक परीक्षण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागीहरूले अस्पतालको सेवा थप प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय बनाउन विभिन्न सुझाव दिएका छन् ।

कार्यक्रममा अस्पतालका एएमएमइ अधिकृत आलोक खनालले अस्पतालले हाल सञ्चालन गरिरहेका उपचार सेवा, समुदाय केन्द्रित कार्यक्रम तथा भावी योजनाबारे प्रस्तुति दिएका थिए । उनले सहभागीहरूबाट प्राप्त राय–सुझावलाई आगामी कार्यक्रम सुधारमा उपयोग गरिने बताए ।

निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सोममाया थिङ, अस्पताल प्रमुख विष्णुहरी मरहठ्ठा, प्रशासन प्रमुख सुधिर श्रेष्ठ, निजगढ–९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी निजगढका पूर्वसभापति नारायण शर्मा उप्रेती, रेडियो निजगढका प्रबन्धक गोकुल घोरसाइने, समाजसेवी आषिश लामा लगायतले अस्पतालको सेवा ग्रामीण तहसम्म विस्तार गर्न, विपन्न नागरिकको पहुँच बढाउन तथा नियमित स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा Fed Hollows Foundation की कन्ट्री डाइरेक्टर एन्जिला दाहाल तथा स्थानीय सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित