चेपाङ महिलालाई पोषणयुक्त कोशेली झोला वितरण

394
SHARES
518
VIEWS

निजगढ । निजगढ नगरपालिका वडा नं. १३ मा सुनौला हजार दिनका महिलाहरुलाई लक्षित गर्दै पोषण सम्बन्धी पोसिलो कोशेली झोला वितरण गरिएको छ । वडा नं. १३ का वडाअध्यक्ष सूर्य घलानको अध्यक्षतामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत चेपाङ बस्तीका ३५ जना सुनौला हजार दिनका महिलाहरुलाई पोषण सामग्रीसहितको कोशेली झोला वितरण गरिएको हो ।

कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, लेखा शाखा प्रमुख शिवप्रसाद देवकोटा, स्वास्थ्य शाखा प्रमुख तथा बहुक्षेत्रीय पोषण कार्यक्रमका फोकल पर्सन रमेश लामा लगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सुधार, कुपोषण न्यूनीकरण तथा स्वस्थ बालबालिका निर्माणका लागि सुनौला हजार दिनको अवधिलाई अत्यन्त महत्वपूर्ण मानिएको बताएका थिए । साथै स्थानीय तहले पोषण सुधारका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको समेत उल्लेख गरिएको थियो ।

चेपाङ समुदायका महिलाहरुलाई पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्दै पोसिलो खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित