निजगढ १२ रामथलीका एमाले कार्यकर्तामाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका राजबंशीधरौटीमा रिहा

411
SHARES
541
VIEWS

बारा । निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीमा नेकपा एमालेका कार्यकर्ता भिमबहादुर गोलेलाई खुकुरी प्रहार गरी घाइते पारेको आरोपमा पक्राउ परेका रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर ४ बस्ने नन्दलाल राजबंसी जिल्ला अदालतबाट धरौटीमा छुटेको छ ।

अदालतले २ लाख रुपैया धरौटी लिएर राजवंशीलाई शुक्रवार रिहा गरेको हो । उनीमाथि घरमा सुतिरहेको अवस्थामा राति १२ वजे गोलेलाई खुकुरी प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको अभियोग थियो । गोलेमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नन्दलाल राजबंशी भनिने मन्सुर मियालाई एक महिनाअघि रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरी प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दामा दर्ता गरेको थियो । घटना लगत्तै अस्थायी प्रहरी पोष्ट रतनपुरीबाट पुगेको टोलीले घटनास्थल नजिकैबाट ग २४ प ७०४६ नम्बरको एउटा मोटरसाइकल र ३ थान मोबाइल बरामद गरेको थियो । घटनाबाट बरामद मोटरसाइकल र मोबाइल सिमको आधारमा अनुसन्धान गर्दै जाँदा राजबंशीलाई पक्राउ गरी मुद्दा दर्ता गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए । राजबंशीले केही वर्षदेखि निजगढ र रतनपुरमा मोटरसाइकलबाट घरघरमा पुऱ्याएर कपडा बेच्ने काम गर्दैआएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित