अवैध वन कटान नियन्त्रणमा फेकोफनको पहल, सरोकारवाला निकायबीच छलफल

414
SHARES
545
VIEWS

निजगढ । बारा जिल्लामा वन पैदावारको अवैध कटानी तथा चोरी निकासी नियन्त्रणका लागि सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको सरोकारवालाहरूले औंल्याएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) जिल्ला महासंघ बाराले शनिबार निजगढमा आयोजना गरेको ‘बारा जिल्लामा वन पैदावारको अवैध कटानी र चोरी निकासी नियन्त्रणमा सरोकारवाला निकायहरूको भूमिका’ विषयक समन्वयात्मक कार्यक्रममा सहभागीहरूले वन अपराध नियन्त्रण कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने भन्दै सबै पक्षको संयुक्त सक्रियता आवश्यक रहेको बताएका हुन् ।

महासंघ बाराका अध्यक्ष रामजी बजागाईको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय सिमरा बाराका प्रमुख डिभिजनल वन अधिकृत सुजित कुमार झा प्रमुख अतिथि थिए । उनले वन पैदावारको अवैध कटानी तथा चोरी निकासी रोक्न डिभिजन वन कार्यालय, स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक वन उपभोक्ता समूह तथा स्थानीय समुदायबीच सूचना आदानप्रदान र संयुक्त अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

कार्यक्रममा निजगढ नगरपालिकाको वन तथा वातावरण शाखाकी प्रमुख पूर्णिमा तिमल्सिना, फेकोफन बाराका उपाध्यक्ष वासुदेव तिमल्सिना, इलाका प्रहरी कार्यालय निजगढका प्रमुख दाताराम अधिकारी, सशस्त्र प्रहरी बल बेस क्याम्प निजगढका प्रमुख मुरारी अधिकारी लगायत वन क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिहरू सहभागी रहेका थिए ।

राजमार्गदेखि दक्षिण क्षेत्रका सामुदायिक वन उपभोक्ता समूह तथा फेकोफन बाराका पदाधिकारीहरूको  सहभागिता रहेको कार्यक्रममा वन संरक्षण, वन अपराध नियन्त्रण तथा सामुदायिक वनको दिगो व्यवस्थापनका लागि संस्थागत सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित