निजगढ–९ मा खोप कार्यक्रम अब वडा कार्यालयबाटै सञ्चालन

380
SHARES
500
VIEWS

निजगढ । निजगढ नगरपालिकाको वडा नं. ९ कार्यालयले नियमित खोप कार्यक्रम अबदेखि वडा कार्यालयबाट सञ्चालन हुने जनाएको छ । यसअघि निजगढ प्राथमिक स्वास्थ्य केन्द्रबाट सञ्चालन हुँदै आएको मासिक नियमित खोप कार्यक्रम सेवा प्रवाहलाई थप सहज र पहुँचयोग्य बनाउन वडा कार्यालयमै सञ्चालन गर्न लागिएको हो ।

वडा कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार प्रत्येक महिनाको १४ गते नियमित खोप कार्यक्रम वडा कार्यालय परिसरमा सञ्चालन हुनेछ । कार्यक्रममा बालबालिकालाई सरकारले तोकेको नियमित खोप प्रदान गरिनेछ । खोप कार्यक्रमको समन्वय तथा सञ्चालनको जिम्मेवारी कमलेश कुमार गुप्ता (सि.अ.हे.ब.) लाई तोकिएको छ ।

वडा अध्यक्ष रामचन्द्र कडुवालद्वारा हस्ताक्षरित सूचनामा अभिभावकलाई आफ्ना बालबालिकालाई तोकिएको मिति, समय र स्थानमा ल्याई नियमित खोप लगाउन आग्रह गरिएको छ । स्वास्थ्य सेवा नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यअनुसार वडा कार्यालयबाटै नियमित खोप कार्यक्रम सञ्चालन गरिन लागिएको वडा कार्यालयले जनाएको छ ।

(मधेश प्रवाह साप्ताहिकको साउन १४ गते विहिबारको अंकमा प्राकाशित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित