गढीमाई मन्दिरमा चोरी, सिसिटिभी फुटेज सार्वजनिक गर्न दबाब

385
SHARES
506
VIEWS
गढीमाई मन्दिरमा चोरी, सिसिटिभी फुटेज सार्वजनिक गर्न दबाब

बारा । विश्वप्रसिद्ध गढीमाई मन्दिरमा भएको गहना चोरीको घटनाले नयाँ मोड लिएको छ । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित मन्दिरमा भएको चोरीको घटनापछि स्थानीयवासीले निष्पक्ष अनुसन्धानको माग गर्दै सिसिटिभी फुटेज सार्वजनिक गर्न जोड दिएका छन् ।

साउन १० गते आइतबार राति मन्दिरको ताला फोडी चार थान बहुमूल्य गहना चोरी भएको घटनापछि बुधबार आयोजित पत्रकार सम्मेलनमा स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन र अनुसन्धान प्रक्रियालाई पारदर्शी बनाउन माग गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बारा जिल्ला समितिका निवर्तमान सभापति चन्दनकुमार स्वर्णकारले गढीमाई मन्दिर देश–विदेशका लाखौं श्रद्धालुको आस्थाको केन्द्र भएकाले यस्तो घटनाले धार्मिक विश्वासमाथि नै चोट पुगेको बताए । उनले अनुसन्धानलाई प्रभावकारी, निष्पक्ष र पारदर्शी बनाउन सम्बन्धित निकायसँग आग्रह गरे ।

मन्दिरका मूल पुजारी शिव चौधरीका अनुसार चोरीमा चाँदीको मुकुट, सुनको जलप लगाइएको चाँदीको हार, सुनको तिलहरी तथा सुनको हार गरी चार थान गहना चोरी भएका छन् । उता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले सिसिटिभी फुटेजका आधारमा घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

उनले चोरीमा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि प्रहरी टोली परिचालन गरिएको तथा अनुसन्धानलाई तीव्रता दिइएको बताए ।

(मधेश प्रवाह साप्ताहिकको साउन १४ गते विहिबारको अंकमा प्राकाशित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित