वन डढेलो रोकथामका लागि बारामा सप्ताहव्यापी कार्यक्रम हुने

410
SHARES
540
VIEWS

बारा । वन डढेलो नियन्त्रणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिने कार्यक्रम तथा र्‍यालीमा सहभागी हुन सामुदायिक र साझेदारी वन समूहलाई आग्रह गरिएको छ ।

डिभिजन वन कार्यालय, बारा ले जारी गरेको पत्रमा पछिल्लो समय बढ्दो तापक्रम, प्रतिकूल मौसम र सुख्खा अवस्थाका कारण वन डढेलो वन संरक्षण तथा व्यवस्थापनका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गरिएको छ ।

कार्यालयका अनुसार हरेक वर्ष चैत पहिलो सातालाई वन डढेलो नियन्त्रण सप्ताहका रूपमा मनाइँदै आएको छ । सोही अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने र सामुदायिक वनसँगको समन्वयमा अभियान अघि बढाइने जनाइएको छ ।

यसक्रममा चैत १ गते वन डढेलो नियन्त्रणसम्बन्धी सचेतना र्‍याली आयोजना गरिनेछ । र्‍याली निजगढ, कोल्हवी, मधुवन, सिमरा, पथलैया, डुमरवाना र चकरी  हुँदै पुनः निजगढसम्म सञ्चालन गरिने छ । पहिलो कार्यक्रम भने चैत १ गते बिहान ११ बजेदेखि र्‍याली सुरु हुने जनाइएको छ ।

डिभिजनल वन अधिकृत राजीव कुमार झाले वन डढेलो नियन्त्रणका लागि स्थानीय वन उपभोक्ता समूह, सरोकारवाला निकाय र समुदायको सहकार्य अत्यावश्यक रहेको पत्रमा लेखेका छन्।

वन डढेलोका कारण वन सम्पदा नष्ट हुने, पुराना रुख तथा नयाँ बिरुवामा क्षति पुग्ने र वातावरणीय सन्तुलनमा समेत असर पर्ने भएकाले यसप्रति सचेत हुनुपर्नेमा जोड दिइएको छ । वन क्षेत्रको संरक्षणमा स्थानीय वन उपभोक्ता समूहको अग्रणी भूमिका रहने भएकाले ‘शून्य वन डढेलो अभियान’ लाई प्रभावकारी रूपमा सञ्चालन गर्न सप्ताहव्यापी कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित