रौतहटमा ५ हेक्टर क्षेत्रमा वृक्षारोपण

385
SHARES
507
VIEWS

रौतहट । जलवायु परिवर्तनबाट बढ्दो जोखिम र त्यसले निम्त्याइरहेको संकट न्यूनीकरण गर्ने उद्देश्यले रौतहटको गुजरा नगरपालिका–३ स्थित नमस्ते सामुदायिक वनमा आइतबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

ग्रामीण विकास केन्द्र नेपाल ९आरडीसी नेपाल० ले अक्सफाम नेपालको सहयोगमा सञ्चालन गरिरहेको “जलवायु जोखिम तथा संकटसहनताका लागि सामुदायिक उत्थानशील परियोजना ९बीसीआरसी०” अन्तर्गत आयोजना गरिएको कार्यक्रममा पाँच हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।

कार्यक्रमको समन्वय तथा सहकार्य डिभिजन वन कार्यालय रौतहट, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ रौतहट तथा नमस्ते सामुदायिक वन उपभोक्ता समूह, गुजरा–३, सिस्वीले गरेका थिए । वृक्षारोपणमा वनकर्मी, सामुदायिक वनका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको आयोजकले जनाएको छ । जलवायु परिवर्तनका कारण बढ्दै गएको वातावरणीय चुनौती सामना गर्न वन क्षेत्रको संरक्षण र विस्तार आवश्यक रहेको भन्दै सहभागीहरूले वृक्षारोपणलाई अभियानका रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा पनि राखे । आरडीसी नेपालका अनुसार सामुदायिक वनमार्फत हरियाली विस्तार, जैविक विविधताको संरक्षण तथा स्थानीय समुदायको जलवायु अनुकूलन क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो । यस्ता गतिविधिले वातावरण संरक्षणसँगै दीर्घकालीन रूपमा प्राकृतिक स्रोत व्यवस्थापन र समुदायको जीविकोपार्जनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

(मधेश प्रवाह साप्ताहिकको साउन १४ गते विहिबारको अंकमा प्राकाशित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित