बारा । सेवा शुभराम्भ बचत तथा ऋण सहकारी संस्था लि. को १४औं वार्षिक साधारण सभा भोलि २० गते शनिबार बिहान शुरु हुँदैछ । बारा जिल्लास्थित स्मार्ट सिटी निजगढ नगरपालिका ९ मा केन्द्रिय कार्यालय रहेको संस्थाले पुस २० गते हुने सभाका लागि व्यवस्थापन लगायत सम्पूर्ण तयारी पूरा भैसकेको छ । पत्रकार सम्मेलन मार्फत संस्थाका अध्यक्ष मणिश्वर घिमिरेले संस्थाले सामाजिक कार्य र समाजमा विभिन्न सहयोग र योगदान गरेको प्रकाश पारेका थिए । साविक रतनपुर गविस रतनपुर, साविक भरतगंज गाविस भरतगंज सिङ्गौल र हालको जितपुरसिमरा उपमहानगरपालिका-१६ टाँगिया बस्तीमा सेवा केन्द्र स्थापना गरि संचालन गर्दै आएको छ । साँस्कृतिक, ऐतिहासिक, प्राकृतिक लगायत महत्व बोकेको निजगढमा सेवा शुभराम्भको १४औं वार्षिक साधारणको निजगढमा रहेको साकोसहरुको भन्द यो फरक रहेको छ । अन्य साकोसले साधारण सभा अघि पत्रकारसंग भेटघाट तथा सम्मेलन गरेको छैन । विभिन्न विदामा अनेकौं सामाजिक क्षेत्रमा अतुलनीय कार्य सम्पादन गरेको संस्थाले साधारण सभामा विद्यार्थी, खेलाडी र सामाजिक अभियानतहरु सम्मान गर्दै आएको छ र यो वर्ष पनि गर्ने भएको छ । संस्थाको यो अभियानको लागि निजगढमा साँच्चिकै अविष्मरणीय र सराहनीय रहेको छ । संस्थाका अध्यक्ष मणिश्वर घिमिरेको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाका व्यवस्थापक विवेक कुमार ठाकुरले प्रोजेक्ट स्लाईट मार्फत संस्थाले गरेको गतिविधि र संस्थाको आगामी योजना बारेमा प्रष्ट पारेका थिए । संस्थाले वार्षिक साधारण सभामा सदस्यहरू सक्रिय रूपमा सहभागी भएर सेवा शुभराम्भ बचत तथा ऋण सहकारी संस्थाको अभियानलाई सही दिशानिर्देश दिने अपेक्षा रहेकोले सबै सदस्यहरुलाई उपस्थित हुन आग्रह गरेको छ । साधारणसभामा उपस्थिति भएर निर्णय प्रक्रियामा सहभागी जनाउनुका साथै विभिन्न विषयबाट नयाँ कुरा सिक्न संस्थाले सदस्यहरुलाई अपील गरेको छ । जिल्लाको ४ स्थाना पहुँच रहेको बचत तथा ऋण संस्थामा रतनपुर, सिङ्गौल, निजगढ र टाँगियवस्तीका सदस्यहरु आवद्ध छन् ।




















Discussion about this post