बारा । बाराको निजगढस्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले कृषकका गाईमा देखिने बाँझोपनसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले सञ्चालन गरेको निःशुल्क गोठ–गोठ उपचार सेवा सम्पन्न गरेको छ ।
इन्टरनेसनल लाइभस्टक रिसर्च इन्स्टिच्युट र जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कलैयाको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमको पहिलो चरणमा ४० भन्दा बढी कृषक सदस्यका गोठमै पुगेर पशु स्वास्थ्य सेवा प्रदान गरिएको हो ।
कार्यक्रमअन्तर्गत गाईमा देखिएको बाँझोपनसम्बन्धी समस्याको विशेषज्ञबाट परीक्षण तथा उपचार, निःशुल्क औषधि वितरण र भिडियो एक्स–रे सेवा उपलब्ध गराइएको सहकारीका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा छुटेका कृषक सदस्यका पशुहरूको विवरण तथा लागत संकलन गरी दोस्रो चरणको उपचार सेवा सञ्चालन गर्ने तयारी गरिएको छ ।























Discussion about this post