मोटरसाइकल दुर्घटनामा निजगढका सहकारीकर्मी राजमणि खनालको निधन

398
SHARES
524
VIEWS

निजगढ । निजगढ नगरपालिका–६ निवासी स्वतन्त्र कृषि सहकारी संस्थाका व्यवस्थापक राजमणि खनालको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । दुई दिनअघि असोज १७ गते एकै दिशाबाट ३ जना सवार मोटरसाइकल अनियंत्रित भइ पछाडीबाट ठोक्किँदा गम्भीर घाइते भएका खनालको उपचारका क्रममा सोमबार काठमाडौंमा निधन भएको परिवारले जनाएको छ ।

दुर्घटनामापरी टाउकोमा गम्भीर चोट लागेपछि खनाललाई तत्काल उपचारका लागि वीरगन्जस्थित न्युरो अस्पताल लगिएको थियो। उनको टाउकोमा रगत जमेको र अवस्था गम्भीर भएपछि वीरगन्जमै शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियापछि पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि उनलाई काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा रिफर गरिएको थियो । काठमाडौंमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको समाजसेवी तथा युवा नेता रविराज दंगालले जनाएको छ ।
हाल खनालको शव पोस्टमार्टमका लागि पठाइएको छ । पोस्टमार्टमपछि शव बुझेर अन्त्येष्टि गर्ने तयारी भइरहेको जनकारी आएको छ । खनाल सहकारीकर्मीका साथै पतञ्जली योगका प्रशिक्षकका रूपमा समेत परिचित थिए । उनको असामयिक निधनको खबरले परिवार, आफन्त, सहकर्मी तथा उनलाई चिन्नेहरू शोकमा परेका छन् । खनालको निधनपछि निजगढ–६ सहित आसपासको क्षेत्रमा समेत शोक छाएको छ । मृतक खनालका एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित