निजगढ-१ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न सप्तरेखी महिला सहकारीको आयोजनामा आँखादेखि दाँतसम्मको परीक्षण

415
SHARES
546
VIEWS

निजगढ । बारा निजगढ–१ मा सञ्चालन गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्री सप्तरेखी महिला पशुपालन सहकारी संस्थाको आयोजनामा भएको शिविरमा आँखाको परीक्षण, दन्त जाँच र ओपीडी सेवा प्रदान गरिएको हो ।

शिविर श्री शिक्षाशक्ति आधारभूत विद्यालयको परिसरमा सम्पन्न भएको थियो । स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको आयोजक संस्थाले जनाएको छ ।

विद्यालयमा अध्ययनरत बालबालिकालाई स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले ब्रस, साबुन र टुथपेस्ट समेत वितरण गरिएको थियो ।

शिविरको अध्यक्षता संस्थाकी अध्यक्ष सावित्रीदेवी भारतीले गरेकी थिइन् । वडा नम्बर १ का अध्यक्ष मङ्गल लोप्च्न प्रमुख अतिथिको रूपमा सहभागी थिए । सिटी हस्पिटलका प्रमुख सञ्जीव यादव, निजगढ आँखा अस्पतालका सञ्चालक दिलीपकुमार यादव, डेन्टिस्ट डा. दिनेश पटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव लोप्चन, प्रधानाध्यापक धनकुमारी सिग्देल लगायतको सक्रिय सहभागिता रहेको थियो ।

संस्थाका उपाध्यक्ष महेशी कुँवर, सदस्य खड्गप्रसाद उप्रेती र समाजसेवी नवराज तिमल्सिनाको समेत उपस्थिति थियो । कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष वासुदेव तिमल्सिनाले गरेका थिए ।

शिविरमा उल्लेख्य संख्यामा स्थानीय बासिन्दाको सहभागिता थियो । सहभागीहरूले यस्ता कार्यक्रमले गाउँस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । शिविरमा ७६ जनाले लाभ लिएको संस्थाका सदस्य खड्गप्रसाद उप्रेतीले मधेश प्रवाहलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित