कालिदेवी धुलिखेल हजार सिढी  हाइकिङ

401
SHARES
528
VIEWS

” साथीहरूले मलाई सोध्दै थिए समय छ भने हाइकिङमा हामीसँग जाउँ !“ साथीहरुकोआह्वान थियो समाचार लेखन तथा सम्पादन मेसेन्जर ग्रुपमा सन्देश आयो विहान चिसो हुने डरले म नजाने निदो गर्दै थिए । विहान सबै साथीहरूले आव्हान गरे पछि मनले मानेन विस्तारवाट उठेर फ्रेस भए ।

हिउदो महिना तथा चिसोको बेला छ । मौसम बिग्रेर पदयात्रा प्रतिकूल बन्ने सम्भावना बढी थियो । अर्को मन भन्छ– जाउ जाउ । नहिडेको नै केही दिन कटिकेको थियो । कति बस्नु बन्द कोठामा भित्र जस्तो मन लाग्यो ।

पहिलो र दोस्रो मेरो मन बीच बैचारिक द्वन्द्व भयो । घुम्न पाउँदा प्रफुल्ल हुने मानव न परे म । दोस्रो मनले जितिछाड्यो । पूर्ण प्रकृतिक वातावरणमा आफुलाई हराउने गरि हिड्न मन लाग्यो । शारीरिक तथा मानसिक थकान मेटाएर प्रकृति प्रदत्त उर्जा भर्ने निर्णय गरे । अन्ततः सहमति जनाए ।

२०८१ फागुन २३ गते शुक्रबार । बिहानको पौने ६ बजेको थियो । ठीक सोही समयमा धुलिखेल सनराईज रिसर्चको गेटमा सामेल भैइ । ठीक समयमा पुग्नुपर्छ भन्ने हिसाबले निस्किए र समय मै पुगे । हाइकिङ जान जुर्मुराएका हामी जम्मा  १९ जना एकत्रित भएका थियौं । ठीक ७ः०७ को समय तिर गाडीमा चढेर गन्तव्यतिर लाग्यौ  । हामी बस्ने आवासीयबाट लगभग ४ किलोमिटरको दुरीमा रहेको हाम्रो हाइकिङको गन्तव्य थियोे हजार सिढी । सरासर लागे गौखुरेश्वर मन्दिरको दर्शनमा एक छिन रोकिए रोकिनुको कारण थियो सबै जना सहयात्री यहीँबाट मिसिनु पनि थियो । गौखुरेश्वर सम्म कुनै साथीहरू मोटरसाइकलमा थिए भने हामी गाडीमा ।

गौखुरेश्वरलाई छोडेर हाम्रो टोलि उकालो लागे अनि पुगियो दक्षिणकाली मन्दिर । मैले दक्षिणकाली मन्दिरसंगै गौतम बुद्धको प्रतिमुर्ति देखे हामीले दक्षिणकाली माता र बुद्धको दर्शन गरेर पु:न यात्रा शुरु गरे । अनि शुरु भयो सिढी उक्लिन  । अलि उचाई माथि सानो चुच्चे ढुङ्गा भेटे त्यहाँ मनग्ये फोटो र भिडियो खिचेर पु:न यात्रा निरन्तर दिइरहे । केही पाइला चालेपछि नजिकैको विशाल गौतम बुद्ध (अमितभ)को मुर्ति देखे त्यहाँ प्रवेशमा प्रतिबन्ध थियो हाम्रो टोली प्रवेश गर्न सकेनन ।

सुन्दर प्रकृतिको साथी बन्न आतुर थियौं हामी । जहाँबाट पदयात्रा शुरु गर्‍यों । हजार सिढी उक्लनासाथ प्राकृतिक वातावरणले अर्कै दुनियाँमा पुर्याएको भान हुन्छ । झ्याउकिरीहरूले सामुहिक संगीत पस्केर स्वागत गरिरहेका थिए । उक्लने क्रममा झन बढी संख्याका झ्याउकिरीले तार सप्तकमा स्वर उरालेर वातावरण उत्सवमय बनाएका थियो ।

डाँडाको टुप्पो चुमियो । यहाँबाट कालीदेवी मन्दिरको थुम्को उक्लदा-उक्लदै पृथ्वीनारायण शाहको सालिक भेटिन्छ । मन्दिर परिसरबाट धुलिखेल, बनेपा, साँगा र दुषिथानी हिमालय रिसोर्टसहित फूलबारी क्षेत्रको सुन्दर ल्यण्डस्केप देखिएको छ । मौसम राम्रो भएको भए पूर्वतिरका गणेश र लाङटाङ हिमाल हासिरहेको पाउथ्यौ । दक्षिणतिरका गौरीशंकर र जुगल हिमालले चियाइरहेका हुन्थे । युगौयुगदेखि  हितैषी बनेर साथ दिदै आएका नुम्बुर हिमाल र मेरापिकले उसैगरी मुस्कान छरेर मोहनी लगाउथे होला । पैताला हिड्न नसक्नेहरुकोलागी सडक कालोपत्रे समेत खुलेको रहेछ । अन्तरिक तथा बाह्य पर्यटककालागी सुविधायुक्त होटल तथा रिसोर्टले धुलिखेल धेरैको साझा गन्तव्य बनेको देखिन्छ छ । दायाँ बायाँबाट चिटिक्कका घरहरू र पारी दायाँतिर आकाशिदै गएका उत्तीसका रुख । यही साइडमा लटरम्म फुलेका लालीगुराँसका फुलहरुले आँखा तानिरह्यो । हरियो वनमुनि धुलिखेलमा एकै बान्कीका कुम जोडेर बसेका रिसोर्टहरु आकर्षक देखिएको थियो । बाहिर बाक्लिदै गैरहेको वन देखेर रमाइरहेको मनलाई एउटा कुराले एकाएक ध्यान खिच्यो । चुच्चे ढुङ्गा पार्क र बलभद्र पार्कमा हाम्रो यात्रा शुरु भयो । साच्चै देशभक्ति, त्यागी, सादगी, सदाचारी बलभद्रको सालिकमा पुगेर फोटो खिचे  । शुक्रबारको दिन भएर पनि होला आगन्तुकहरूको भीड कम थियो । यहाँसम्म आउने नीजी गाडी फट्टफुट्टो देखिन्छन् । एकादुई सार्वजनिक बस समेत देखियो ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्व मात्र होइन, प्राकृतिक सुन्दरताका कारणले पनि आन्तरिक तथा बाह्य पर्यटक ओइरन्छन् यहाँ । जुन यसको प्रसिद्धको प्रमाण हो । फर्किने बेला सिढीकोबाटो भएर  झर्दै, एकैछिनको वनको बाटोले रमणीय आभास बनायो । वरिपरि मौलाएका रुख विरुवा छन् । तिनै हरिया रुखविरुवाका पातलाई छुदै बहेको बतासले अनुहारमा स्पर्श गर्दाको आनन्द वर्णनातीत छ । बाटो छेउमा ससाना दुवोहरुले हिंडाइलाई उसै नबिर्सने गराउँछ । न धुवाँधुलो, न सवारी साधनको घ्यारघुर, न मान्छेको ठेलमठेल । यो क्षेत्रको परिवेशले  बाल्यकालीन सुखद स्मृतिलाई ब्युताइरहेछ । कराहीमा जेरीजस्तै फनफनी घुमिरहेछ मस्तिष्कमा । अतीतको रंग पोतेर गाउँघरको चित्रण गरेको छ । बिहानको ८ बजेको थियो । बाटोमा हाते मोबाइलबाट बजाइएको लोक गीत घन्किरहेको थियो । बाटोमा हाँस्दै, नाच्दै, गफ गर्दै, फोटो खिच्दै अघि बढ्दाबढ्दै थाहै नपाइ करिब एक घण्टाको  ओरालो सकिसके छ ।
अब फेरि केही क्षण सुस्ताउने पालो । फराकिलो चौरसहितको पार्कको एक छेउमा फलामको कुर्सी पनि राखिएको रहेछ एकछिन आराम गरे । यात्राको क्रममा  वनको पासमा रहेको आजको गन्तव्य देविस्थान ! अकस्मात मस्तिष्कमा खेल्दै गरेका बिचारहरू बिलुप्त भए । यहाँबाट देखिने हिमालहरू र माथि कालीदेवी मन्दिर परिसरबाट देखिने हिमालहरू उस्तै हुन् । तर यहाँबाट देखिएको भूदृश्यले मन अलि भिन्न तरिकाले प्रफुल्ल बनाएको छ । पूर्वतिरको पाँचखाल र पश्चिमतिरको बनेपाको मनोहर दृश्य धुलिखेलबाट एक ठाउँमा उभिएर हेर्न पाइन्छ । जसको कारण प्राप्त आत्मिक सन्तोष र सुख वर्णनभन्दा पर छ । हाम्रो समुहमा वरिष्ठ पत्रकारलगायतका साथीहरू सहभागी थिए ।
हाम्रो टोलिहरुमा हामीलाई गाडीको सहज गर्नु हुने केदार प्रसाद चौलागाईं,  सुरज श्रेष्ठ, लक्ष्मण तिमल्सिना, विजय नेपाल, बाबुराम दाहाल, कविराज तामाङ्ग,म उमेश घलान, जितेन्द्र थापा, अञ्जीर विश्वकर्मा (रक्तिम) मणिसुन्दर कोइराला त्यस्तै महिला समुहहरुमा आस्था विश्वकर्मा, सीता कोइराला, सुमिना चौलागाईं, मनु ठकुरी, सविता न्यौपाने, कविता शाही, सविता बस्नेत, संगिता भाराती, हुमकला मिश्र र सोफिया श्रेष्ठलगायतका संचारकर्मी साथीहरू थिए । बागमती प्रदेश सरकार अन्तरिक तथा कानुन मन्त्रालय संचार रजिस्ट्रार कार्यालयले आयोजित समाचार लेखन तथा सम्पादन तालिमले हाम्रो भेट गराएका थिए । जसमा आगामी दिनहरूमा पनि सम्झनु/नबिर्सनु भन्ने आग्रहको भाका उरालिएको छ । लेखक संचरकर्मी उमेश घलान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित