अनिस चौधरी/चितवन । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा नेत्रहीन युवा संघ नेपाल, जिल्ला शाखा चितवनले अपाङ्गता भएका युवाहरूका लागि रोजगारी संयोजन तथा सक्षमता प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। ।
रत्ननगर नगरपालिका–१ स्थित होटेल स्टारमा मङ्सिर २६ र २७ गते दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा नगरभित्रका विभिन्न प्रकारका अपाङ्गता भएका युवाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संघसंस्था तथा निजी क्षेत्रका व्यवसायीहरू रोजगारदाताका रूपमा सहभागी भएका थिए । कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले रु. १ लाख बजेट विनियोजन गरेको थियो ।
कार्यक्रमको उद्घाटन रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रहलाद सापकोटाले गरेका थिए । उनले अपाङ्गता भएका व्यक्तिहरूको सीप र क्षमतालाई पहिचान गरी रोजगारी र स्वरोजगारमा जोड्नु स्थानीय सरकारको प्राथमिकता रहेको बताएको छ ।
कार्यक्रमको पहिलो दिन अपाङ्गताको परिचय तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि उपलब्ध रोजगारीसम्बन्धी कानुनी व्यवस्था र सुविधाबारे अधिवक्ता अनिता खड्काले जानकारी गराएका थिइन । यस क्रममा रिजाल फुड इन्डस्ट्रीजले एकजना अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ ।
त्यस्तैगरि दोस्रो दिन नेत्रहीन युवा संघ नेपाल केन्द्रीय कार्यालयका महासचिव अर्जुन रावलले बैंक तथा वित्तीय संस्थाको भूमिका, स्वरोजगारका लागि पुँजी तथा उपलब्ध सहुलियतबारे जानकारी दिएका थिए । समाजसेवी तथा शिक्षक सल्लाहकार विपिन पाठकले रोजगारी क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच, हक र अधिकारबारे धारणा व्यक्त गरेका थिए ।






















Discussion about this post