खेलकुदले समाज बदल्छ, सहयोग जारी रहन्छ : वडा अध्यक्ष घलान

414
SHARES
545
VIEWS

बारा, निजगढ । निजगढ नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष सूर्य घलानले खेलकुद विकासका लागि वडाको तर्फबाट र व्यक्तिगत रुपमा सधैं सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाराको निजगढ–९ स्थित श्री जनज्योति आधारभूत विद्यालय परिसरमा आयोजित चौथो मधेस प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै वडा अध्यक्ष घलानले यस्तो बताएको हो ।

वडा अध्यक्ष घलानले खेल सामग्री हस्तान्तरण गरेर उदघाटन गरेका  उद्घाटन समारोहमा बोल्दै उनले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र जिम्मेवार बनाउने भएकाले यस क्षेत्रमा लगानी आवश्यक रहेको बताए ।

उनले भने, “खेलकुदले युवालाई सही दिशातर्फ डोर्‍याउने काम गर्छ । त्यसैले खेलकुदको विकास र प्रवर्द्धनका लागि स्थानीय तहबाट आगामी दिनमा पनि आवश्यक सहयोग निरन्तर रहनेछ ।”
वडा अध्यक्ष घलानले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै खेलकुद गतिविधिलाई निरन्तरता दिन आयोजकलाई आग्रह गरे ।

श्री जनज्योति आधारभूत विद्यालय परिसरमा सम्पन्न प्रतियोगितामा मधेस प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित