निजगढको योजनामा तीन सयबढीको स्वास्थ्य परीक्षण

386
SHARES
508
VIEWS

बारा । दृष्टि आँखा तथा नाक–कान–घाँटी अस्पताल प्रा.लि. वीरगञ्जको प्राविधिक सहयोगमा बाराको निजगढमा निःशुल्क आँखा तथा नाक–कान–घाँटी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविर श्री नेत्रोदय माध्यमिक विद्यालय (योजना टोल) मा श्री जनहित सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सम्पन्न भएको शिविरमा तीन सय बढीले स्वास्थ्य परीक्षण गराएका छन् । आँखा परीक्षण गराएका मध्ये २६ जनामा मोतियाविन्दुको समस्या देखिएको छ ।

शिविरमा मोतियाविन्दु देखिएका विरामीको दृष्टि आँखामा सल्यकृया हुने वन समुहकी अध्यक्ष चन्द्रिका कुमारी मगरले जानकारी बताईन् ।

शिविरमा आँखासम्बन्धी तथा नाक, कान र घाँटीसम्बन्धी रोगको निःशुल्क जाँच गरिनुका साथै आवश्यक परामर्श प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित